धितोपत्र बजारलाई आत्मग्लानीबाट गर्वको अवस्थामा ल्याएँ (सेबोन अध्यक्ष डा. रेवतबहादुर कार्कीको समीक्षा)

म आउन पूर्व धितोपत्र बजारमा लानीकर्ताहरुले कस्ता समस्या व्यहोरिरहेका थिए भन्ने कुरा सबैलाई थाहा छ ।

प्राथमिक बजारमा शेयर आवेदन दिन लाइन लाग्नु पर्ने, बोराका बोरा आवेदन पर्ने, आफ्नो पैसा तथा वोनस एवं हकप्रद लिन पनि लाईन लाग्नु पर्ने साथै दोस्रो बजारमा पनि नामसारीलाई ३–४ महिनासम्म लाग्ने, क्लियरिङ्ग गर्न धेरै दिन लाग्ने जस्ता समस्या थिए । यसले गर्दा नियामक निकायको हैसियतले आत्माग्लानी हुन्थ्यो । त्यस्तो समस्या अहिले देख्नुहुन्छ ? धेरैले त विर्सिसके ।

२०६३/६५ मा म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख हँदा प्रथम चरणको सुधारअन्तर्गत गैर मुनाफाकारी सो संस्थालाई मुनाफाकारी बनाएको थिएँ । संचालक समितिमा ब्रोकरको सट्टा विज्ञ राख्ने, कारोबार अटोमेसन, पहिलो पटक व्रोकर शूल्कमा ५० प्रतिशत कटौती, नेप्सेसंग व्रोकर अफिसवाट कारोवारको शुरुआत, सेन्सटिभ र फ्लोट इन्डेक्सकोका साथै सर्किट ब्रेकरको शुरुवात पनि मेरै पालामा भएका थिए ।

बोर्डमा पद वहालीसँगै पूँजीबजारको दोस्रो चरणको सुधार, कार्ययोजना प्रस्तुत गरेअनुसार अधिकांश कार्यान्वयन भएका छन् । पाँच सरकार–पाँच अर्थमन्त्रीसँग काम गर्दा पनि आर्थिक तथा वित्तीय क्षेत्रमा लामो राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव तथा विज्ञता, बैंक तथा धितोपत्र बजार संचालन साथै नियमन दुबैको अनुभवका कारण सुधारको योजना र कार्यान्वयनमा सफलता मिलेको हो ।

कानुनको ज्ञान, व्यवस्थापकीय क्षमता, सुधारमा प्रतिवद्धता, लगनशिलता र इमान्दारिताको साथै बोर्ड टिमको कारणले हामी सफल भएको भन्ने लाग्छ । मैले वहाली गर्दाको अवस्था र अहिलेको उपलब्धि हेर्दा गर्व पनि लाग्छ ।

वोर्डले यस अवधिमा एक कोणबाटभन्दा पनि विभिन्न कोणवाट उल्लेख्य र संरचनात्मक सुधारका कामहरु गरेको छ । डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणाली र अटोमेशनले गर्दा धितोपत्र बजार पारदर्शी र आधुनिक भई नेपाल दक्षिण एशियामा अग्रपंक्तीमा आएको, आइपीओदेखि लिष्टिंग ट्रेडिंगसम्म छ महिनावाट एक महिनामा हुने र आइपीओ वाँडफाट तीन महिनावाट एक हप्तामा हुने व्यवस्थाले समय र लगानी लागत उल्लेख्य घटेको अवस्था छ ।

आफ्नै डिम्याट खाता र वैक खतामा शेयर तथा रकम स्वतः जम्मा हुने व्यवस्था, प्राथमिक बजारमा १० कित्तासम्म आवेदन दिन पाउने, साथै आवेदकले न्यूनतम १० कित्ता पाउने व्यवस्थाले आस्बामार्फत स्थानीय निकायसहित ७७ जिल्लामा पहुँच, दोस्रो बजार सवै प्रदेशसहित प्रमुख आर्थिक केन्द्रहरुमा विस्तार र लगानीकर्ताको संरचना समावेशीरुपमा वृद्धि हुनु यस अवधिका उल्लेख्य उपलब्धी हुन भन्ने मलाई लाग्छ ।

धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (आईओएससीओ)को सदस्यतामार्फत अन्तराष्ट्रिय मान्यताप्राप्तसहित वोर्डको संस्थागत क्षमता अभिवृिद्ध जस्ता उपलव्धिहरु रहेका छन ।

मेरो नेतृत्वमा वोर्डले गरेका मुख्य सुधारका केही अन्य कार्यहरु निम्नबमोजिम रहेका छन्:

१. प्राथमिक बजार सुधार तथा विकासः
क) डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणालीपश्चात घन्टौ लाईन वस्नुपर्ने, सिमित स्थानवाटमात्र दरखास्त दिन सक्ने, लामो समयसम्म आफ्नो रकम होल्ड हुने तथा पूरा व्याज नपाउने जस्ता समस्याहरुको समाधान ।
ख) ५० को सट्टा १० कित्तासम्म आवेदन दिन पाउने, साथै न्यूनतम १० कित्ता पाउने व्यवस्थामार्फत वजार समावेशी भएको ।
ग) एफपीओको मूल्य निर्धारणका मापदण्ड तय तथा एकचोटी एफीपओ निष्काशन गरेपछि पाँच वर्षसम्म निष्काशन गर्न नपाउने व्यवस्था ।
घ) अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने ।

२. दोस्रो बजार सुधार तथा विकासः
क) २०६४ सालको कारोवार अटोमेशनपछि २०७२ माघदेखि नामसारी राफसाफ अटोमेशनको शुरुआत गरी तीन दिनभित्र नामसारी राफसाफ हुने व्यवस्था गरिएको साथै हालै अनलाईन कारोबारको शुरुवात ।
ख) धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक वनाई ४० प्रतिशतसम्म कम गरिएको ।
ग) लगानीकर्ताले मार्केट डेप्थ हेर्न सक्ने व्यवस्था ।
घ) एक मात्र क्लियरीङ्ग बैंकको सट्टा तीन क्लियरीङ्ग बैंक थप गर्ने व्यवस्था ।
ङ) दोस्रो बजार विस्तार ।
झ) बिक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा उपत्यका बाहिरका प्रमुख केन्द्रहरुवाट समेत आवेदन दिनसक्ने व्यवस्था ।

३. लगानीकर्ताका प्रत्यक्ष समस्या समाधानः
सूचिकृत कम्पनीहरुले प्रदान गर्ने हकप्रद तथा बोनस शेयर तथा नगद लाभांशसहितको रकम लगानीकर्ताका आफ्नै डिम्याट खाता र बैंक खातामा स्वतः जम्मा हुने व्यवस्था ।

४. ब्रोकर र मर्चेन्ट बैंकिङ्ग सेवा÷क्षेत्र विस्तार सुदृढीकरणः
क) मर्चेन्ट बैंकरको पूँजीवृद्धिसहित संस्थागत परामर्शको सेवाको कार्यक्षेत्र थप र सेवासुदृढसहित काडमाडौंवाहिर शाखा विस्तार ।
ख) धितोपत्र व्यवसायीको पूँजीवृद्धिसहित कार्यक्षेत्र (मार्जिन कारोवार) वृद्धि, सेवा र शाखा पूर्वाधार सुदृढ र शाखा विस्तारको व्यवस्था ।

५. बोर्डको संस्थागत क्षमता अभिवृद्धिः
बोर्ड अध्यक्ष एवं कर्मचारी र संचालकमा आचारसंहिता लागू, बोर्डमा दक्ष जनशक्ति तीन गुणा थप गर्नुका साथै संस्थागत नियमनकारी र सुपरीवेक्षकीय क्षमता अभिवृद्धि गरिएको ।

६. नयाँ वित्तीय उपकरण/सेवाको व्यवस्थाः
क) खुलामुखी सामूहिक लगानी योजना संचालन गर्ने व्यवस्था ।
ख) भेन्चर क्यापिटल, प्राइभेट इक्युटी र हेज फण्डको संचालन गर्न विशिष्टिकृत लगानी कोषको व्यवस्था ।
ग) ब्रोकरबाट मार्जिन कारोवार हुने व्यवस्था ।

७. कानुनी संरचनाको विकास तथा सुदृढीकरणको साथै आर्थिक जरिवनासहितको कानूनी कारवाहीः
क) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, विशिष्टिकृत लगानी कोष नियमावली, वस्तु विनिमय वजार ऐन र नियमावली वनाई लागु गरिएको ।
ख) रु. १० लाखसम्मको विभिन्न किसिमको आर्थिक जरिवानासहितको धितोपत्र ब्रोकर व्यवसायीहरु, कोष व्यवस्थापक र डिपीहरुलाई कानूनी कारवाही गरिएको ।

८. वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याउने प्रोत्साहमूलक प्याकेज र सूचीकृत कम्पनीमा सुशासन निर्देशिका लागूः
क) धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहन गर्न न्यूनतम दश प्रतिशतसम्म सार्वजनिक निष्काशन गर्न पाउने, प्रिपियममा यस्तो निष्काशन गर्न पाउने साथै सरकारबाट १५–२५ प्रतिशतसम्म आयकर छुट सहितको प्याकेज प्रोग्रामको व्यवस्था गरिएको ।
ख) सूचीकृत कम्पनीमा सुशासन निर्देशिका वनाई आव २०७५।७६ देखि लागू ।

९. बोर्डलाई अन्तराष्ट्रिय मान्यताः
बोर्ड सन२०१७मा धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आयोस्कोको सदस्यताको साथै सन २०१९मा ओईसीडी आईएनएफईको नेपालको तर्फबाट पूर्ण सदस्यतासमेत प्राप्त भई बोर्डले अन्तराष्ट्रिय मान्यता पाएको । साथै वित्तीय साक्षरता सम्बन्धी पहिलो ओईसीडी सेबोन अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना ।

१०.अन्य सुधार र विकासः
क) ओटीसी बजार कारोवार शुल्कमा ९० प्रतिशतसम्म कटौती गरी ओटीसी बजारलाई सक्रिय÷प्रभावकारी वनाइएको ।
ख) धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सम्वन्धित निक्षेप सदस्य (डीपी) बाट हुने व्यवस्था ।
ग) वित्तीय साक्षरता अभिवृिद्ध गर्न धितोपत्र बजारसम्बन्धी रेडियो नेपालसँग पाक्षिक कायक्रम र लगानीकर्तासँग पाक्षिक प्रत्यक्ष संवाद रेडियो कायक्रम कातिपुर रेडियोसँग हुने व्यवस्थाको साथै वोर्डमा पाक्षिक निःशूल्क लागानीकर्ता प्रशिक्षण समेत संचालन सहितका विभिन्न कार्यक्रमको व्यवस्था ।
घ) बोर्डको सिफारिसमा सरकारबाट बजारमा भ्याट नलाग्ने व्यवस्था ।
ङ) धितोपत्र व्यवसायीहरुको काम कारवाहीको अनुगमन तथा सुपरिवेक्षण गर्न सुपरिवेक्षण म्यानुअल तयारी गरी यसलाई सुदृढ गरिएको ।

पाइपलाइन/कार्यान्वयनको क्रममा रहेका कार्यहरुः

क) अन्तिम चरणमा रहेको वैकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई प्रतिस्पर्धात्मक सेवा प्रदान गर्ने ।

ख) प्रशिक्षण प्रतिष्ठान र प्रादेशिक कार्यालयको स्थापना ।

ग) अर्थतन्त्रको आकार र वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय भएअनुसार अनुमति प्रदान गरी यस्तो बजार संचालन गराउने ।

घ) बोर्डको सुधारका लागि धितोपत्र सम्बन्धी ऐन संशोधनको प्रस्ताव अर्थमन्त्रालयमार्पmत संसदमा प्रस्तुत ।

ङ) धितोपत्र व्यवसायी (ब्रोकर र मचैण्ट बैंकिङ) नियमावली, धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर), नियमावली, सामूहिक लगानी कोष नियमावली, क्रेडिट रेटिङ्ग नियमावली, धितोपत्र दर्ता निष्काशन नियमावली आदिमा महोत्वपूर्ण संशोधन गरी प्रस्तावित संशोधन नेपाल सरकार अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको ।
मुख्यतः ब्रोकरलाई डिलरसिप र एड्भाईजरी सेवा प्रदान गर्नेका साथै धितोपत्र व्यावसायी गाभिने÷ प्राप्ति हुने, सबै नियमन संस्थामा स्वार्थ बाझिन नहुने, राईट शेयर दोब्बर भर्न पाउने, सार्वजनिक निष्काशनमा बुक बिल्डङ्ग विधि अपनाउने, स्थानीयले पाउने शेयरको लकईन पिरियड घटाउने, लाईफ ईन्सुरेन्स कम्पनीले म्युचुअल फण्ड संचालन गर्न पाउने व्यवस्था गरिएको छ । साथै भित्री कारोबार निषेध नियमावली बोर्डबाट अर्थ मन्त्रालय स्वीकृतिका लागि पठाउने क्रममा रहेको छ ।

चुनौतीः

क) अर्थतन्त्र र पुँजी बजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने नीतिगत निर्णय भैसकेको परिेपे्रक्ष्यमा नेप्सेको कर्पोरेट निजीकरण सुधारको साथै आधुनिक अर्को स्टक एक्स्चेञ्ज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वस्थ र आधुनिक बजारको विकास र विस्तार गर्ने, जसबाट आधुनिक सुविधा उपलव्ध भइ दैनिक रु ५ अरवको कारोबार हुनसक्ने ।

ख) ऋणपत्र बजारलाई आधुनिक र सक्रिय बनाउने ।

ग) अन्तराष्ट्रियस्तरको धितोपत्र कारोबारको टेष्टेड सफ्टवेयर प्रणाली अपनाई गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई बजारमा प्रवेश गराउने ।

घ) नियमन निकायसहित बजार सहभागहिरुको क्षमता अधिवृद्धि गरी नेपालको धितोपत्र वजारलाई अन्र्तराष्ट्रियरुपमा स्तरोन्नति गराउने ।

(असोज १२ गते आइतबार आर्थिक पत्रकारहरुसँगको अन्तक्र्रियामा डा. कार्कीले व्यक्त गरेको विचारको सम्पादित अंश)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here