के एल मोबाइल हबको चाडपर्वको अवसरमा अफरै अफर, बम्परमा मोटरसाइकल

काठमाडौं, १५ असोज । नयाँ व्यवस्थापन भित्रिएको उपलक्ष्यका साथै चाडपर्वलाई लक्षित गर्दै केएल मोबाइल डिजी डिजिटलले वाइ वान गेट वान फ्री अफर सुरु गरेको छ ।

मोबाईल डिजि डिजिटलले नेपालीहरुको महान पर्व दशैँ तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी दशैंको बहार हरेक दिन उपहार नामक दशैं धमाका योजना पनि सुरु गरेको हो ।

असोज १ गते देखि सुरु भएको दशैं धमाका योजना अन्तर्गत केएल टावरमा शपिङ गर्ने तथा के एल मोबाईल डिजिटलमा मोबाइल खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु जित्न सक्नेछन् ।

बम्पर उपहारमा एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल बितरण गरिने आयोजकले जनाएको छ । दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कूटर बितरण गरिनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ ।

के एल मोबाईल डिजि डिजिटलमा इलेक्ट्रोनिक सामान जस्तै टिभी, फ्रिज, एसी, मोवाइल, होम अप्लायन्सहरुमा ५० प्रतशितसम्म छुट पाउने बताईएको छ ।
साथै बाई वान गेट वान फ्रि र शुन्य प्रतिशत व्याजदरमा किस्तावन्दीमा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु उपलब्ध गराइने मोबाइल डिजी डिजिटलका प्रवन्ध निर्देशक वालकुमार धिमालले जानकारी दिए ।

यस्तै हरेक स्मार्ट मोवाईलको खरिदमा मुभी टिकट, कभर, टेम्पर ग्लासका साथै अन्य उपहारहरु समेत बितरण गरिनेछ ।

दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ ।

त्यसैगरी साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ ।

अफर कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here