‘मनुष्य र परमात्माबीचको कडी नै गुरु हो, गुरुमार्ग विना मोक्ष असम्भव’

अनुपा प्याकुरेल

गुरुब्रह्म गुरुविष्णु : गुरुदेवो महेश्वर :। गुरु:साक्षात् परब्रह्म तस्मै श्रीगुरुवे नम्: ।। अखण्ड मण्डलाकारं व्याप्तं येन चराचरं । तत्दपदं दर्शितं येन तस्मै श्री गुरुवे नमः संसारमा गुरु शब्दलाई ओजस्वी शब्दको रूपमा लिइन्छ ।

गुरु महिमाको वर्णन गर्न कुनै पनि भाषाका शब्दहरू अपूरा छन् । त्यो खालको महत्त्व रहेको छ हाम्रो समाजमा गुरुको । अन्य शब्दको तुलनामा गुरु शब्द उच्चारण गर्दा परमानन्द अनुभूति हुन्छ ।

दुःख, कष्ट, समस्याले सताउँदा त्यसबाट निवृति हुन विभिन्न उपाय गर्दा पनि भएन भने अन्तिम समाधानको स्रोतको रूपमा गुरुलाई सम्झने गरिन्छ । कुनै पनि समस्या तथा जड् रहस्यलाई निवारण गर्नसक्ने क्षमता योग्य सद्गुरुसँग हुने विश्वास गरिन्छ । दुर्लभो विषयी त्यागी, दुर्लभं तत्त्वदर्शनं । दुर्लभं सहज्जावस्था सद्गुरोः करुणाविना ।।

गुरु स्वरूपधारी व्यक्ति विशेषलाई मात्रै नभएर चेतनतत्त्व परब्रह्म परमात्मालाई पनि गुरुतत्त्वको रूपमा आत्मसात गर्न सकिन्छ । सांसारिक मिथ्या परिपञ्चको विषयलाई बुझेर ती विषय त्याग गर्दै मोक्षगतिमा लाग्नको लागि तत्त्वज्ञानको आवश्यकता पर्दछ ।

तत्त्वज्ञान अथवा आत्मज्ञानको अभ्यास गर्नाले जीवनमा सहज अवस्था सृजना हुन्छ र आत्मसाक्षात्कार अथवा आत्मानुभूति हुन थाल्द छ । आत्मसाक्षात्कार यो जीवनको मात्रै नभएर जन्मजन्मान्तरको तपस्या पछि प्राप्त हुने ठूलो पुरुषार्थ हो ।

आत्मसाक्षात्कार भएपछि जान्नपर्ने अरु बाँकी केही पनि रहँदैन । यस प्रकारको आत्मीय ज्ञान साधना सद्गुरुको करुणाविना दुर्लभ रहेको शास्त्रको उपदेश छ ।

भगवानका अवतारी पुरुषहरूले पनि गुरु स्थापना गरी मार्गदर्शन ग्रहण गरेका उदाहरण पाइन्छ । सद्गुरुको कृपा पाएर आत्मसाक्षात्कार गरेपछि मान्छेले ईश्वरत्त्व प्राप्त गर्छ । यही प्रक्रियाले नै नर नै नारायण हुन्छ भनिएको हो ।

अवतार लिएर आएका भगवान् राम, कृष्ण, बुद्ध यसका उदाहरण हुन् । आत्मज्ञान एवं आत्मसाक्षात्कारको अवस्थामा पुगेपछि कुनै पनि प्रकारको दुःख तथा अभाव रहँदैन ।

यही कारणले नै आत्मज्ञानी गुरुजन अथवा महापुरुषहरूले दिएको आर्शिवाद पुग्छ र दुःखकष्टबाट मुक्ति पाइन्छ भन्ने प्रगाढ विश्वास तथा मान्यता रहेको हो । र गुरुजनको पूजा श्रद्धाभक्ति हुने गरेको हो ।

यही कारणले गुरुलाई शास्त्रहरूमा पनि परब्रह्मसम्मको उपाधिले सम्बोधन गरिएको हो । गुरु आर्शिवादले अखण्ड महा–आत्माको दर्शन प्राप्त गर्नसकिने समेत बताईएको छ ।

कतिपय सद्गुरुले आफ्नो शिष्यलाई दिक्षित् गर्दाको क्षणमा ब्रह्मनाद् एवं ज्योतिस्वरूप परमात्माको श्रवण र दर्शन गराउन पनि सफल हुन्छन् । गुरुको प्रार्थना गर्न जति सजिलो छ वास्तवमा सद्गुरु भेट्टाउन त्यति सहज नहुन पनिसक्छ ।

जन्मलाई कृतार्थ गराउनसक्ने ज्ञान दिने तथा मार्गदर्शन गरिदिने गुरु प्राप्त गर्न गाह्रो पर्छ । जन्म पूर्वजन्मको ज्ञान हुनसक्ने मार्गदर्शन गरिदिने, आत्म ज्ञानको ढोका उघारीदिने सक्षम गुरु वास्तविक सद् गुरु कहलाउँदछ । हामी गुरु शब्द सहज रूपमा उच्चारण गछौं ।

वास्तवमा गुरु शब्दले दिन खोजेको संदेश के हो भन्ने विषयमा कमै चिन्तनशील हुन्छौं । सामान्य रूपमा पनि गुरु शब्द उच्चारण गर्न सकिन्छ । सामान्य व्यक्तिमा पनि केही न केही गुरु रूप नहोला भन्न सकिन्न । गुरु भेष धारीमात्रै गुरु हुनुपर्छ भन्ने छैन ।

हरेक परिस्थिति, हरेक मुण गुरु रूपनै मान्न सकिन्छ । तथापि गुरु भनेर पुकार्न खोजेको वास्तविक कस्तो गुरुलाई हो रु सबैको लागि चिन्तनको विषय रहेको छ । “अविद्याहृदयग्रन्थिबन्धमोक्षो यतो भवेत्, तमेव गुरुरित्याहुर्गुरुशब्देन योगिनः” अविद्याले बन्द रहेको ज्ञानरूपी हृदयग्रन्थीलाई खोलिदिने परम् व्यक्तिलाई योगीहरूले गुरु शब्दले पुकारेका छन् ।

संसारमा तीन किसिमका विषयहरू हुन्छन् सत्य, असत्य र मिथ्या । वास्तविक गुरु त्यो कहलाउँछ जसले असत्य र मिथ्याको परिपञ्चबाट मुक्त गरेर साधक अथवा भक्तवत्सल वा शिष्यलाई सत्यतातर्फ डोर्याउन सक्छ । वेदमा भनिए जस्तै “असतोमा सत्गमयः, तमसोमा ज्योतिर्गमयः, मृत्युर्मा अमृतंगमयः” को ज्ञानको बोध गराउँदै मार्गदर्शन गर्ने गुरु असली सद्गुरु हो ।

गुरु पूर्णिमा अथवा व्यास जयन्तीको महिमाले यस्तै महान् गुरुको पुकारा गरिरहेको हुन्छ । हाम्रो अन्तरहृदयको खोजले त्यस्तो सद्गुरुलाई डाकिरहेको छ, जसले हामीलाई असत्बाट सत्मार्ग तिर डोरिने शिक्षा दिन सकुन् ।

जुन गुरुले मृत्युको महाभयबाट अमृततर्फ जानसक्ने ज्ञानशक्ति दिन सकुन् । जुन गुरुले अज्ञानबाट ज्ञानको ज्योतितर्फ जाने मार्गदर्शन गर्न सकुन् । जुन गुरुले हामीलाई आफू भित्रको महागुरुलाई चिन्नसक्ने मार्गदर्शन गर्न सकुन् ।

आत्मोन्तीका उत्प्रेरणाहरू सद्गुरुहरूबाट समय समयमा हुँदै आएको पाईन्छ । सद्गुरु भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीतामा दिनुभएको उपदेशहरू, भगवान् गौतम बुद्धको “अहिंसा परमो धर्मः”को उपदेशलगयात अवतारी पुरुषहरूले गरेका उपदेशलाई अवलम्बन गर्दै युगयुगको मानव समाज चलेको छ । सद्गुरु भक्त शंकुले “महा गुरु मनैमा छ” अन्तर्मुखी भएर खोजी गर तिमिले आफूभित्रै महागुरु प्राप्त गर्नसक्छौ भन्नु भएको छ ।

यस प्रकारको मार्गदर्शन धेरै सद् गुरुहरूले गर्नुभएको छ । अध्यात्म मार्ग अन्तर्मुखी मार्ग हो । यही मार्गको यात्राले नै मोक्षगति चुम्न सकिन्छ । गुरु पूजा तथा व्यास जयन्तीको सन्दर्भ र विशेषताले विशेष गरी आध्यात्मिक वेद वेदान्तीय ज्ञान गराई अज्ञानको घोर अन्धकारमा छट्पटिएको व्यक्तिलाई आत्मोन्नतितर्फ डोर्याउनसक्ने सद्गुरुलाई वास्तविक गुरुको रूपमा सम्बोधन गर्न खोजिएको हो ।

गुरु शब्द तथा गुरुप्रति गरिने श्रद्धाभक्ति एवं आस्था आफैमा शक्तिसम्पन्न छ । गुरु श्रद्धामा अत्यन्तै ठूलो शक्ति रहन्छ भन्ने पुष्टि एकलब्यले गरेको गुरु भक्तिको उदाहरणबाट सिक्न सकिन्छ ।

गुरुगुण र गुरु उपदेशको अनुसरण गर्दा जति गुरु आशीर्वाद प्राप्त हुन्छ अन्य देखावटी प्रवृतिबाट पाईदैन । र सच्चा सद्गुरुले पनि आफ्नो शिष्यले गुरु स्वरूपको भन्दा गुरुगुण र गुरु उपदेशको अनुसरण एवं पालना गरोस् भन्ने चाहनु हुन्छ ।

सद्गुरुहरूबाट निर्दिष्ट मार्गोपदेको अनुसरण गर्ने साधक तथा भक्तवत्सललाई सांसारिक जति पनि दुःखकष्ट, अज्ञानता तथा अभावहरू छन् ती सबैबाट क्रमशः मुक्ति मिल्दै जाने कुरामा सन्देह छैन । पुण्यको फल उदय भएमा साकार स्वरूपमा पनि ब्रह्मनिष्ठ सद्गुरु प्राप्त गर्न सकिन्छ ।

ज्ञानरूपमा ब्रह्मनिष्ठ रहेका सद्गुरु बाहिरी रूपमा सामान्य अवस्थामा पनि हुनसक्छन् । जसलाई चिन्न अथवा प्राप्ति गर्न साधक तथा भक्तवत्सल अर्थात शिष्यमा सदाचारिता, सत्कर्म एवं सकारातमक चिन्तन र आत्मज्ञानको ईच्छा हुनुपर्छ ।

आफूमा यी गुणको विकास होस् र त्यस्ता सद्गुरुलाई चिन्न सकौं र त्यस्ता सद्गुरुको प्राप्तिहोस् भनेर प्रार्थना गर्नसक्नु पर्छ । ब्रह्मनिष्ठ गुरुको आर्शिवादले चाहे त्यो दैनन्दिनी सांसारिक कष्ट होस्, चाहे त्यो दैविक कष्ट होस्, चाहे त्यो आध्यात्मिक कष्ट होस् सबै हट्दछन् ।

त्यस्ता ब्रह्मसाक्षात्कार गरेका सद्गुरुको सान्निध्यता प्राप्तहोस् भनि यस अवसरमा अन्तर्हृदयबाट प्रार्थना गरौं । यसै गरी निराकार रूपमा पनि आफूभित्र रहेको महागुरु जसलाई परब्रह्म परमात्माको अंश चेतनतत्त्वको रूपमा अनुभूति गर्नसकिन्छ ।

जसको बोध भएपछि अहं ब्रह्मास्मि भन्न सकिन्छ, शिवोऽहम् भन्न सकिन्छ, सोऽहम् भन्न सकिन्छ । सोको बोध अथवा अनुभूतिको लागि परमात्मासँग प्रार्थना गरौं । यो नै गुरु पूर्णिमाको सार्थकता हुनेछ ।

हामी सबैले सद्गुरुहरूको मार्गदर्शनलाई आत्मसात गर्दै ज्ञान तथा प्रकाश स्वरूप चेतनतत्त्व परब्रह्म परमात्माको अनुभूति गर्दै अहिंसा, दया करुणा, सात्त्विकता जस्ता मानवीय गुण एवं व्यवहारको अभ्यासमा चित्तलाई राख्दै स्वबोध तथा आत्मोन्नतिको पराकाष्ठालाई गन्तव्य बनाउन सकौं । सद्कर्ममा मन लगाई रहन सकौं जसले सत् सुख, सत् समृद्धि एवं सन्तोष प्राप्ति भइरहोस्, मोक्षको मार्ग प्रसस्त बन्दै जाओस् ।

मनुष्य र परमात्माबीचको कडी गुरु हो । गुरुले हाम्रो कुरा पनि बुझ्छ, र परमात्माको अनन्त तेजलाई हाम्रो पात्रताअनुरुप हामीलाई दिन सक्छ । गुरुको माध्यमबाट मात्र परमात्मासँग संवात हुन सक्छ ।

वासना, कामाना, तृष्णाबाट ग्रसित शिष्यका भावहरु अचिन्त्य परमात्मालाई बुझाउन आत्मा प्रकाशित गुरुले मात्र सक्छ कुनै सामान्य ज्ञानीले सक्दैन । सामान्य ज्ञानी र अज्ञानीको बीचमा गुणात्मक होइन, संख्यात्मक भेद हुन्छ । ज्ञानीसंग ज्ञान अलिक बढी हुन्छ, सुचना, जानकारी बढी हुन्छ र इतिहास जान्ने स्मृतिको संग्रह हुन्छ भने अज्ञानीसंग अलिक कम होला । यो फरक गुणात्मक होइन संख्यात्मक हो ।

गुरु शिष्याको बीचमा जुन भेद हुन्छ त्यो विल्कुल गुणात्मक हुन्छ । गुरुमा ज्ञान, सुचना र संग्रह हामीमा भन्दा पनि कम हुन सक्छ तर गुरु आफैमा हामीभन्द बढी हुन्छ । ऊ हुनु नै आफैमा ठुलो कुरा हो । गुरु उसको ज्ञानले होइन चेतनाको स्थितिले हो ।

गुरुसंग हुने चेतना र बोध हाम्रो भन्द विशाल र बृहत हुन्छ । यही नै वास्तवीक गुरुको विशेषता हो । भागवत गीतामाः साँचो रुपमा ज्ञान प्रदान गर्न सक्ने, सही ज्ञानको अर्थ थाहा भएको र जो त्यसमै जीवन विताउने क्षमतावान हुन्छ र जो रिसराग लोेभ मोह भन्दा धेरै पर हुन्छ रत्तिभर घमण्ड नराख्ने, जसलाई भगवान सबै कारक हुन् र हामी कारण मात्र हौं भन्ने कुराको ज्ञान हुन्छ, उही वास्तवमा सच्च गुरु हुन् भनि साँचो गुरुको अर्थ दिइएको छ त्यसैले गुरुबिना न त आत्मीक ज्ञान हुनसक्छ न त आत्मासाक्षातकार नै ।

शिष्यहरुले गुरुको स्मरण र परमात्माको स्मरण एउटै मान्दछन् । त्यो सही पनि हो । जसले ब्रह्मलाई जान्यो त्यो ब्रह्ममय हुन्छ, जसले परमात्माको साक्षतकार गरिसकेको हुन्छ जो पूर्ण सम्बुद्ध छ । त्यही व्यक्तिमात्र गुरु हुने अधिकारी हो ।

सामान्य ज्ञानीलाई गुरु भन्नु एक भूल मात्र हुन आउँछ । यसको अर्थ हामीलाई नयाँ ज्ञानगुनका कुरा सिकाउने, आफ्नो बाटोमा अविचलित भई हिड्न सिकाउने जो कोहीलाई अनाधर गनुपर्छ भन्ने कदापी होइन । तर गुरु पुर्णिमाकै दिन सबैलाइ गुरु मान्नु भने पक्कै ती वास्तवीक गुरुहरुलाई गुरु नमान्नु हो । गुरु उसलाई भनिन्छ जो स्वअनुभूतिद्धारा पूर्ण प्रकाशित छ ।

जसले परमात्मा साक्षतकार गरिसकेको छैन उसले अरुलाई राम्रोसंग बुझ्नै सकिदैन । र जबसम्म सापेक्ष दृष्टिकोण छ तबसम्म हामी पूर्ण सत्यको साक्षात्कार गर्न सक्दैनौ । परमात्मा साक्षात्कार भईसकेको व्यक्तिको दृष्टि निरपेक्ष हुन्छ ।

उसले निरपेक्ष सत्य बुझ्न सक्छ र सत्यको सबै आयमलाई पूर्ण दृष्टिले देख्न सक्छ । वास्तविक अर्थमा यस्तो व्यक्तिमात्र गुरु हुन सक्छ । संसारमा त्यही व्यक्ति परमात्माका सच्चा प्रतितिधि हो ।

उसले शिष्यको लौकिक, परालौकिक, आध्यात्मिक तीनै समस्य बुझ्न सक्छन् । हामीलाई यस्तो गुरु चाहिन्छ जसले यो अन्धकारको बाटो अघिनै हिडिसकेको होस, हामी जस्तै दुखमा बसी सकेको होस्, हामीले जस्तै भूलहरु ग्रिसकेको होस् र जसले हाम्रो भाषा बुझ्न सक्छ र हामीलाई त्यही अन्धकारबाट बचाउन सक्छ ।

त्यसैले आधा मनुष्य जस्तो र आधा परमात्मा जस्तै हुन्छ । गुरु र शिष्यबीचको सम्बन्ध सामान्य सम्बन्ध होइन । सामान्यतया हामी वासनाको सम्बन्ध जसमा प्रेम नगन्य हुन्छ र वासनाले नै समबन्धलाई डोर्याई रहेको हुन्छ, अनि संसारमा देखिने सम्बन्ध पनि यही हो ।

अर्को प्रेमकको सम्बन्ध जसमा आधा कामाना हुन्छ र आधा प्रेम सगंसंगै आधा दैवी गुण र आधा मानवीय कमजोरी हुन्छ यसैले प्रेम सुन्दर र माधुर्यमय हुन्छ साथै प्रेममा अति तृप्ति हुन्छ त्यसैले पनि हामीलाई प्रेम भन्दा अरु ठूलो घटना जीवनमा केही हुदैन जस्तो लाग्छ । अर्को अन्तिम सम्बन्ध भनेको श्रद्धाको हो । जसमा गरु जस्तै निर्विकार, निष्कल्प र शुद्ध बन्ने कामना सहित मुक्तिको, मोक्षको र मोक्षतीतको कामना गरिन्छ ।

गहिरो प्रेम क्षणिक हुदैन र दुईचार वन्मको भावनात्मक सम्बन्ध नभईकन गहिरो प्रेम हुनसक्दैन । झनै श्रद्धा त्यो भन्दा पनि निकै ठूलो र गहन सम्बन्ध हो । जन्मजन्मान्तरको प्रेममय सम्बन्ध पछि मात्र हामीमा कसैप्रति श्रद्धा जन्मिन्छ जुन एक गुरु र शिष्यबीच कायम भएको हुन्छ ।

आँखा नै नभएको शिष्यलाई गुरुले त्यस्तो दिव्य प्रकाश दिन्छ जुन प्रकाशले शिष्यको हर प्यास मेटाउन सफल होइन्छ र त्यो प्रकाश लिन शिष्य तयार भएपछि मात्र गुरुले आफूस्वयम प्रकट भई त्यसको बाटो देखाइदिनु हुन्छ ।

जसरी सूर्यको प्रकाश परवर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउँछ त्यसरी नै सच्च गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछ ।

जसरी जस्लाई गुरु माने तापनि कुन गुरु हाम्रो सच्च गुरु हो त्यो पहिचान गर्नमा हामी चुकिने छैनौ र गुरुप्रति असीम प्रेम, श्रद्धा र समादर प्रकट गर्दै यो क्षणमा हजुरलाइ हामी आफ्नो वास्तविक गुरुलाई मन देखि नमन गर्दै त्यो दिनको स्थान दिनेछौं गुरु वाणी: बोधि श्रवण गुरु संघाय मै मैत्री सर्व धर्म संघाय शुद्ध चित्तको भावनालाई लिइ कल्पौ कल्प देखि जगतगुरुले आफ्नो आसनमा धर्मको नीति नियममा रहि पूर्ण निष्ठाका साथ समस्त संघ, धर्म प्रेमी, श्रद्धालु भक्तजन तथा अनुयायीहरुलाई असङ्ख्य धर्म तत्वको बोध गराउदै सर्व जगत प्राणी एवम् लोकको निम्ति यस संसारलाई प्रत्यक्ष रुपमा ‘सनातन धर्म’ तथा ‘बोधि मार्ग’ दर्शन गराउँदै आइरहेका छन ।

तथापि यस मानव लोकमा (मनुष्य) अर्थात सम्पूर्ण जगत प्राणीहरु सत्यको समागममा बिमूख भइ सत्य मार्ग बिराएर, देखेता पनि नदेखे झैं भइ रहेका छन् । जगतकै समस्त प्राणी सर्व धर्म एक मैत्री भाव तथा भेदभाव रहित मनुष्यमा रहेको अन्तर आत्माको भौतिक क्लेश रुपी व्यवहारहरुलाई त्याग गरि सत्य धर्मको मार्ग निरावरण गर्नु नै सत्य गुरुको मुख्य उद्वेश्य हो । धर्म भनेको मुक्ति र मोक्षको मार्ग प्रदान गर्ने एउटा अदृश्य सत्य तथ्य तत्व हो ।

एवम् परमात्मा भगवान वा सर्व बन्धनबाट मुक्ति मोक्ष प्राप्ती गर्नु भइ सकेको गुरुहरु बस्नु भएको लोक अथवा गुरु हो । धर्मको तत्व भनेको सत्य ज्ञानको बोध गराउनु तथा सत्य मार्ग खोज गरी सत्य मार्गमा लिन हुनु हो ।

धर्म ज्योति हो जुन सर्व प्रकाशवान महा तेज छ । सर्व लोक, ब्रह्माण्ड धर्म तत्वमा अडेको छ । धर्म एउटा स्वार्थ पूर्तिको बाटो नभइ, धर्म सर्व जगत प्राणीको उद्धारको निम्ति मुक्ति र मोक्षको एउटा मार्ग दर्शन हो ।

तथापि विश्वमा धर्म सदैव अक्षय हुनु नै सत्य तत्व हो धर्मको संज्ञा दिइ संसारलाई अप्रत्यक्ष रुपमा झुट्टो आश्वासन देखाएर सोही मार्गको ढोँग रचि, आफू स्वयम् भ्रममा रहि सर्व जगत प्राणीहरुलाई भ्रममा राख्नु नै संसारलाई लोप तथा अनिष्ट मार्ग बोध गराउनु हो ।

यस लोकमा हामी भित्र रहेका क्लेश युक्त पदार्थलाई परिशुद्ध गरि सत्य धर्मलाई ग्रहण गरि धर्मगामीको मार्गलाई आफू लगायत अरुलाई बोध गराउनु नै यस मानव लोकबाट मुक्ति मोक्ष प्रदान गर्नु हो । सत्य धर्मलाई बोध गर्नको निम्ति समय सापेक्ष्य बढ्नु पर्ने हुन्छ ।

तसर्थ कर्मको फलको निम्ति हामी स्वयम् आफैमा निर्भर हुनु पर्छ । लोकको अर्थ नै सत्य र असत्य तथा पाप र पुण्य कर्मको फल हो । समय कालको अन्तराल पछि सत्य धर्म र सत्य मार्ग दर्शन बिच कृतिम रुपी, सम्पूर्ण जगत प्राणीहरु अज्ञानता पूर्ण सांस्कारहरुलाई नै सत्य धर्म मानी तथा परिशुद्ध मार्ग दर्शनको अनुभूतिलाई समेटी अज्ञानताको भुमरीमा भ्रमित भइ यस तत्वहीन भौतिक संसारमा रुमली रहेका छन् भने विवश भइ सत्य मार्ग दर्शनको खोजमा भौतारी रहेका छन् ।

परन्तु जगत प्राणीहरु स्वयम्ले त्यसलाई पूर्व काल देखी नै सत् धर्म एवम् परिशुद्ध मानी स्विकार्दै आएका छन् । जुन सत्यताको खोज सर्व मैत्री भाव गरि शाश्वत धर्म मार्गको नीति नियम पालना गरेर गुरु प्रति असीमित आदर सम्मानको भावनाद्वारा मन वचनले विश्वास पूर्ण श्रद्धा, भक्ति, आस्थाबाट भावना गर्नुमा रहन्छ । यसैबाट अन्ततः धर्मको यथार्थ बोध हुनेछ ।

धर्म त्यो होइन जसले क्रोध, लोभ, मोह, स्वार्थ, शोषण, भेदभाव, आरोप, प्रत्यरोप, शंका, उपशंका जस्ता स्वभाव सृजना गर्छ र संसारलाई विनाश गर्ने मार्ग अपनाउछ । धर्म मात्र केवल मैत्री भाव तत्व र सत्य कर्ममा रहन्छ ।

तसर्थ धर्ममा कुनै भेदभावको तत्व हुँदैन । आफू स्वयम् लगायत सर्व जगत प्राणीहरुलाई दुःख प्रदान गर्ने तत्वहरु बोध गरि विषको संज्ञा दिएर अन्तर हृदय देखीनै क्षय गर्छ, यो लोकमा नभइ परलोकमा पनि सुखी हुन्छ । धर्म एवम् मैत्री भाव स्थापीत गर्नको निम्ति मैत्री रस दिइ कर्मठ समागममा रहि आफ्नो मात्र नभइ संसारलाई धर्म तत्वको बोध गराउनु पर्छ । अन्ततः संसारमा समय अनुकुल धर्म परिवर्तन भइ सकेको छ ।

धर्ममा मार्ग नै मुख्य रहन्छ । मार्ग विना मुक्ति मोक्ष अब असम्भव छ । भौतिक संसारबाट धर्मको विस्तार भए तापनि धर्मको तत्व दुर्लभ छन् । गुरुले धर्मलाई विरोध गरेको होइन तर यस वर्तमान युगमा आएर ब्रह्माण्डमा मनुष्यहरु स्वयम् स्वार्थ पूर्तिको मार्गले रच्दै आएको कुनीतिहरुलाई सत्य मैत्री धर्म मार्ग दर्शनको क्षण बोध गराएको मात्र हो । गुरुको रुप लौकिक वा अलौकिक रुपमा रहन्छ ।

संसारमा देखिने सत्य गुरु नै परमात्मा गुरुको वास्तविक रुप हुन् । विश्वमा धर्म गुरुहरुले सत्यतामा रहेर धर्मको शासनमा रहन्छ उक्त धर्म गुरुहरु नै, मात्र वास्तविक धर्मको नेतृत्वमा पर्छ । आफू असत्य बनेर सत्य तथ्यलाई अवलोकन गर्नु भनेको आफू स्वयम्लाई एक छलको प्रतिविम्ब मानिन्छ ।

भगवान मार्ग, मार्ग गुरु, गुरु मार्ग गुरु र परमात्मा गुरुहरुले सत्य युग देखीनै बास गर्दै आएको यस ब्रह्माण्डमा मानव रुपी समस्त वनस्पति तत्वरुपी भएता पनि मनुष्यहरुको लोभ, अहङ्कार, क्लेश, हिंशा र व्यापार जस्ता अन्ततः संसारमा प्रलय अनुगमन भएको यस वर्तमान युगमा पनि सत्य भाव सागरमा रहि सत्य धर्मको अनुसरण नगरी क्लिष्टता रुपमा रहि अहङ्कार, रिस, लोभ, मोह, इर्ष्या, हिंसा, व्यापार, शोषण त्याग नगरे संसारमा प्रलय निश्चित छ।

अन्ततः संसारलाई चुनौति पनि हो । सत्य धर्म युग पछि प्राचिन कालमा औषधिको भोग महामारीमा सम्पूर्ण मानव जाती रोगले विचलित भइ व्याकुल रहेको अवस्थामा यि सम्पूर्ण वनस्पतिहरु परमात्मा गुरुहरुद्वारा नै अमृतको रुपमा प्रदान गर्नु भइ विष युक्त संसारलाई तथा जगत प्राणीको उद्धार गर्नु भएको हो ।

मैत्री धर्मको नीति नियमलाई पालना गरेर अखण्ड भाव चित्तमा उत्पन्न गराइ, आफ्नो मात्र नभइ सर्व प्राणीको निम्ति मुक्ति मोक्ष प्राप्त हुने सत् कर्म गरि देव भूमि सुखवति लोक जस्तै सुसम्पन्न बनाइ परमात्मा गुरुहरु प्रतीको अपार आदर सम्मान र विश्वास पूर्ण श्रद्धा, भक्ति, आस्था र अनुभुति तथा बोधद्वारा नै परमात्मा भगवानहरु र मनुष्य आत्मा बिच हुने सुमधुर सम्बन्धलाई अझ उत्कृष्ट बनाउने मार्ग दर्शन नै ‘मैत्री धर्म’ हो ।

सत्यतामा रहि धर्म पुण्य कर्म गरि धर्मका यिनै विशिष्ट तत्वहरु प्राप्त गर्न सकिन्छ । जो कोही पापले भरिएको संसारमा फसिन्छ त्यसको विनाश सुनिश्चित छ । जहाँबाट कहिल्यै उद्धार हुने छैन । स्वयम् गुरु र धर्मले पनि उद्धार गर्नुमा असमर्थ रहन्छ ।

जहाँ पुण्यको अस्तित्व अन्त्य भइ सकेको हुन्छ । जसरी यथार्थमा अमूल्य तत्वको महत्वपूर्ण हुन्छ, त्यसरी नै धर्म सत्य तत्व बोध गर्नु भइ मनुष्यहरु स्वयम् आफैले कर्तव्य पूरा गर्नु पर्छ । गुरुले मार्ग निर्देशित गर्नु भएर मात्र होइन तर मार्गमा यात्रा आफ्नो हो ।

सम्पूर्ण शील, समाधी, मान, प्रतिष्ठा, प्रज्ञा, सम्यक जीवन, सम्यक आहार, सम्यक दृष्टि, सम्यक वचन, दया, करुणा, विश्वास, श्रद्धा र भक्तिमा निहित रहन्छ । सर्व जगत प्राणीहरु वनस्पतिमा निर्भर छन् भने सम्पूर्ण जगत प्राणी तथा वनस्पतिको सृष्टि परमात्मा गुरुहरुद्वारा भएको हो । संसार अडिनुको मुख्य अन्ततः सत्य धर्म हो ।

तसर्थ सर्व ज्ञान, शील र धर्मको तत्वहरु यथाशीघ्र सम्पूर्ण जगत प्राणीहरुले त्रुटीरहित सर्बोच्च सत् बोधहरु सुपरीणामका साथ सत् धर्मरुपी परिशुद्ध आधारभूतहरु बोध गरुन् । सर्व मैत्री मंगलम् अस्तु तथास्तु सत्य धर्म र गुरुको अनुशरण गर्दै बर्तमान युग, समयमा यहाँ उपस्थित अनुपस्थित समस्त पुण्यवान आत्माहरुलाई मैत्रिमंगल गर्दै, लोक् कल्याण एवं प्राणीधानको यस महामैत्री मार्गमा रही आत्मा,शरिर र वचन गुरुको साक्षि भई शाश्वत् धर्मको उद्घोष गरिरहेको छु ।

शाश्वत श्वास भएको अजर, अमर अविनाशी तत्वलाई बोध गर्नको निम्ति चित्तमा मात्र एक सुर धर्मलाई लिएर जीवनचर्य गर्नु पर्दछ । धर्म शब्द फेरी पनि आफैमा पर्याप्त छैन । कसरी धर्म मात्र एउटा शब्दमा अटाउन सक्छ जुन धर्म तत्वमा समस्त लोकहरु अईको छ । धर्म कुनै बुझ्ने तथ्य नभएर बोध गर्ने सत्य हो ।

मनुस्यहरु मात्र नभै चराचर जगतप्राणी एवं नस्पतिहरुसँग समागममा रहि दया, करुणा, प्रेम, मैत्रीभाव स्थापित गर्न सके, मैत्रीभावको रस सेवन गर्नसके, अपुर्व मैत्रीभाव्मा जीवनचर्य गर्न सकिन्छ । फलरवरुप उपरान्त मूक्ति र मोक्ष प्राप्ति हुनेछ ।

करिव २०७२ साल पछिको गुरुदेव सङगको मेरो यात्रामा मैले उहाकै प्रेरणा अनि असिम प्रेमको कारण उहाको महत्व बुजे । हजुर संस्कारको श्रृंगार हुनुहुन्छ ।। हजुर प्रेमको रस हुनुहुन्छ । गुरुदेव शाश्वत सत्य हुनुहुन्छ ।

परमज्ञान हुनुहुन्छ । जहाँ प्रेमको द्वार खुल्छ गुरु भक्ती कुनै बहानाले पनि कमि हुदैन । गुरुदेव १ हजुर परमपिता हुनुहुन्छ । परमहंश हुनुहुन्छ ।

हजुरको असिम कृपा र प्रेम सधै यसै बर्सिरहोस । जसरी घाम सत्य छ बादल केही क्षणको माया हो,, जसरी प्रेम छ आरोप केही क्षणको भ्रम हो । हामी अटल छौ हजुरले दिनुभएको विस्वाशमा हामी अमर छौ हजुरको रामरसमा । बाकी उनै राम जिको भरोषा ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here