‘सन्त अपराध’

आनन्द ढकाल

पौराणिक कथा अनुसार भगवान श्री विष्णुका अनन्य भक्त तथा द्वारपालहरू जय तथा विजयीले आफ्नो कर्तव्य पालनको सिलसिलामा ब्राह्मण कुमारहरूको स्वरुपमा आफ्ना आराध्यदेव श्रीनारायणको दर्शन गर्नको लागि वैकुण्ठको द्वारमा पुग्नु भएका सनत कुमारहरूको तपोवल,निष्ठा र शक्तिलाई पहिचान गर्न नसकी अपमानजनक तवरले हेयदृष्टीले हेर्दै भित्र जानबाट रोके ,द्वारपालको यस्तो धृष्टता देखेर सनतकुमारहरूले क्रोधित हुँदै उनिहरूलाई तीन जन्मसम्म राक्षस हुने श्राप दिए ।

अब ती दुइ द्वारपालले आफुहरूबाट जघन्य ‘सन्त अपराध’ गरेको र त्यसको प्रतिफल भयानक श्रापबाट श्रापित भएको हुँदा , उनिहरू डरले काम्दै हात जोडेर ॠषिकुमारहरूको अगाडि क्षमादानको लागि अनुनय विनय गर्न थाले,ॠषिहरूको श्राप अकाट्य थियो । कुनै पनि प्रायश्चित र कसैले पनि उक्त श्रापबाट जोगाउन सक्ने अवस्था थिएन ।

त्यहि समय अन्तर्यामी भगवानको आज्ञा अनुसार ती द्वारपाल सहित ॠषिगण भगवान श्रीनारायणको दर्शनको लागि भित्र जानुभयो र परमात्मा भगवान श्री नारायणसंग भेट गर्नुभयो ।

भगवानबाट ॠषिगणको हार्दिकताका साथ स्वागत भयो, वहाँहरू आउनाको कारण सवै बुझ्नुभयो । अनि ॠषिहरूले भगवान श्रीनारायणसंग प्रार्थना गर्न लाग्नुभयो कि , हे परमात्मा ,भक्तवत्सल अन्तर्यामी प्रभु !

हजुरवाट यो ब्रह्माण्डमा घटेका सूक्ष्म भन्दा सूक्ष्म गतिविधिहरू पनि कुनै छिप्न सक्दैनन् ,अहिले हामीलाई द्वारपाल यी दुई भाइ जय बिजयले आफ्नो द्वारमा आइपुगेका आगन्तुक पाहुनाप्रति देखाउन पर्ने न्युनतम शिष्टता समेत विर्सेर जुन हठ देखाए,जुन अक्षम्य अपराध गरे, त्यसको लागि दण्डयोग्य भएर नै ३ जन्म सम्म राक्षस हुने दण्ड पाएका छन् र श्रापित हुन पुगेका छन् , अब यी दुई भाइ को उद्धार पनि स्वयं भक्तवत्सल भगवानबाट नै भएमा यिनीहरूको कल्याण हुनेछ ।

श्रीनारायण भगवानले मृदुल मुस्कानका साथ ऋषि गणको अनुरोधलाई सहर्ष स्वीकार गर्नु भयो । तत्पश्चात द्वारपाल जय विजय आफ्नो श्राप मोचनको लागि सत्ययुगमा हिरण्याक्ष र हिरण्यकसिपु, त्रेतायुगमा रावण र कुम्भकर्ण अनि द्वापरयुगमा शिशुपाल र दन्तवक्र भएर जन्मिए , तत्कालिन समयमा उनिहरूले अनेक वितण्डा मच्चाउन थाले ,उनिहरूको जन्मनुको मुल उद्देश्य नै श्रापबाट मुक्त हुनु जो थियो त्यसैले भगवान श्री हरि नारायणको सम्बोधन मै पनि अति घृणा गर्दथे जो जसले उच्चारण गर्दथे तिनलाई तत्काल प्राण हरण गर्न पनि पछि पर्दैनथे ।

उनिहरूले आफ्ना समयमा भगवत कार्यमा लागेका जो कोहिलाई पनि अत्यन्त कष्ट दिन्थे, कहिँ पनि यज्ञ यज्ञादि आदि शुभकार्य वर्जित गरेका थिए, जब जब उनिहरूको पाप कर्म बढ्दै पापको घडा भरिन्थ्यो तब उनिहरूलाई राक्षस योनीबाट मुक्तिको लागि करुणाका सागर भगवान श्री नारायणबाट वराह अवतार लिएर हिरण्याक्षको बध, नृसिंहको अवतार लिएर हिरण्यकसिपु को बध,मर्यादा पुरुषोत्तम श्रीरामको अवतार लिएर रावण तथा कुम्भकर्णको बध तथा कृष्ण अवतार लिएर शिशुपाल तथा दन्तवक्रको बध गरि आफ्ना अनन्य भक्त द्वारपाल जय विजयलाई ॠषि कुमारहरूको श्रापबाट मोक्ष प्रदान गर्नुभएको थियो ।

यस पौराणिक कथाबाट हामीलाई प्रष्ट हुने मुख्यकुरा , जब जब राक्षस प्रवित्तीको अन्याय अत्याचारको पराकाष्ठा नाघ्छ,जव पापकर्मले घडा भरिन्छ तब तब भगवान ले विभिन्न स्वरूपमा आएर त्यस्ता प्रवृत्तिलाई पुर्णरुपमा नस्ट गर्नुहुन्छ ।

अनि अर्को अत्यन्त वुझ्नपर्ने गहन कुरा के हो भने ती राक्षस वा दानवले सकारात्मक कुरा , सकारात्मक कार्य र हरि नाम को अति नै विरोध, घृणा,तिरस्कार आदि जे जे कुरा गरेपनि आखिर उनीहरुको अन्तस्करणमा हरपल त्यही नाम नै घुमिरहेको र नकारात्मक मै लिएर भएपनि स्मरण गरिरहेकाले नै त्यसको सुफल स्वरुप उनिहरूले मुक्ती पाएका हुन् ।

जसरी रत्नाकर ले सुरुका समयमा “राम राम” भन्न नचाहेको ले उसको उद्धार को लागि उसलाई “मरा मरा” को उच्चारण गर्दै जाँदा पछि “राम राम ” भएर नै भगवन नाम महिमाको प्रताप ले वेदव्यास को उदय भएको हामी पौराणिक कथामा पढ्न पाँउछौ ।

हालको परिप्रेक्षमा त्रेतायुगकी नारी खलपात्र सुपर्णखा(जो अति कामीनी र आफ्नो स्वार्थ पूरा गर्न जतिसुकै गिर्न पनि सक्ने ) राक्षसीको सुषुप्त अवस्थामा रहेको आत्मा पुनः सलिना नामको नारीपात्रमा रहेको र त्यसैको प्रभावले नै काम वासनाले प्रेरित भएर नै जगद्गुरु, बाल व्रम्हचारी ,सन्त हृदय भएका समाधी सिद्ध महापुरुषलाई व्यभिचार जस्तो अति निकृष्ट लाञ्छना लगाउदै निर्मम प्रहार गरिरहेकी छ। दृश्यमा देखिएको एउटा नारीपात्रको भुमिकालाई मुर्तता दिनको लागि नेपथ्यमा रहेर हर तरहले सहयोग गर्ने र

प्रयोग भएका शब्द तथा शैलीमा अपराधिक मनोवृत्ति ,हाम्रो वैदिक सनातन धर्मलाई डलरमा लिलामी गर्ने झुण्ड,श्रीसद्गुरुदेवलाई प्राप्त भएको मान सम्मान अनि जगद्गुरुको उपाधिबाट ईर्ष्या र डाहले जलेका केही स्वनाम धारी ढोँगी , आफनै भाइलाई पतनको खाडलमा गिराउन उद्यत रहने स्वजनमारा र राज्यले चौथो अंग मानेको सम्मानित संस्थाको नाम र गरिमालाई धुलोमा मिसाउन खोज्ने केही छद्मभेषी संचारकर्मीको समुहले तयार गरेको script लाई मेसेजको रुपमा त्यही नारीपात्र कै नामबाट विगत ८/९ महिना देखि धारा प्रवाहमा आइ रहेको हुँदा यसको पहुँच वा सम्बन्धलाई नजरअन्दाज नगरी सत्य तथ्य वुझ्दै सम्मानित अदालतले उचित न्यायको फैसला गर्नेछ भन्नेकुरामा हामी विश्वस्त छौ ।

यस वर्तमान परिस्थितिमा सिद्धवावा माथी जुन कुत्सित मनशायले षड्यन्त्र रचिएको छ, यसका रचनाकारहरू तथा कुपात्रले पनि हरेक पल नै आराध्य भगवान श्रीराम, भक्त शिरोमणि श्री हनुमान र श्रीसद्गुरुदेव को आभा मण्डलको स्मरण त गरेकै छन नकारात्मक कै रुपमा लिएर भएपनि ,सायद यहि कुरालाई वुझेर होला समाधी सिद्ध सन्त हृदय श्रीसदगुरुदेव बाट केही समय मौनता लिनुभएको ।

मैले श्री सद्गुरुदेवको दर्शन गर्दा त्यही मौनताबाटै एउटा सन्देश महसुस गरेँ । मलाई लाग्यो कि त्यस मौनतामा प्रवाहित भइरहेको थियो “यस कष्टपुर्ण घडीमा मलाई साथ अनि समर्थन गर्ने सम्पुर्ण न्यायप्रेमी साधक जन र आम जनमानस मा साधु हृदयको हार्दिक साधुवाद अनि आशिर्वाद ….साथै जो

जसले नकारात्मक पात्र भुमिकामा रहेर आफ्नो उपस्थिति देखाएका छन् उनिहरूमा पनि आराध्यदेव भगवान आशुतोष को कृपा रहोस र सदवुद्धी चाडै फर्कियोस् ” यहि आशीर्वाद .. यहि साधुवाद …।
जय श्री सीताराम….
जय श्री शंकट मोचन हनुमान…
जय श्री सद्गुरुदेव


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here