अगरबत्तीको धुँवा मानव स्वास्थ्यको लागि फाइदा कि बेफाइदा ?

काठमाडौं । धार्मिक कार्यमा होस् वा सांस्कृतिक कार्यमा होस् जताततै अगरबत्ती धूपको आवश्यकता देखिन्छ ।

कुनैपनि कामको सुरुवातमा गरिने पूजापाठमा अगरबत्तीको वषौँदेखि प्रयोग गर्दै आइएको छ। अधिकांश मानिसहरु पूजापाठको समयमा मात्र नभएर बिहान र बेलुका नियमित रुपमा पनि अगरबत्ती बाल्ने गरेको समेत पाइन्छ।

कुनै पनि बासना वा गन्धले हाम्रो शरीर र दिमागमा शक्तिशाली प्रभाव पारिरहेको हुन्छ१ बाटोमा हिँड्दै गर्दा कतैबाट मीठो सुगन्ध आयो भने, मनै चङ्गा हुन्छ, फोहोरको दुर्गन्धले नाक खुम्च्याँउने बाँनी हामीमा नै रहेको छ ।

अगरबत्तीको प्रयोग गर्ने चलन हिन्दु धर्मबाट स्थापित भएको विश्वास गरिन्छ, पछि बुद्ध धर्मावलम्बीहरूले पनि ध्यान गर्नको लागि धूपको प्रयोग गरिएको पाइन्छ।

भौतिक तथा सांसारिक दुनियाँभन्दा भिन्न अकल्पनीय स्वर्गीय दुनियाँ जहाँ सबै कुराको अर्थ अनि महत्व छर्लङ्ग हुन्छ, त्यस संसारमा प्रवेश गर्नको लागि अगरबत्तीको सुगन्धले मूख्य भूमीका खल्ने पनि कतिपय धार्मिक गुरुहरूको मान्यता रहेको छ।

तर,अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि बढी खतरनाक हुने एक अध्ययनले पुष्टि गरेको छ । हालै चीनमा गरिएको एक अनुसन्धानले धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता बिरामी गराउने जनाइएको छ ।

अध्ययनका अनुसार चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइन्छ । धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुन्छन् ।

धूपको बासनाले आनुवंशिक पदार्थ र डि.एन.ए हरूमा उत्परिवर्तन ल्याउँदछ, जसलाई ‘म्युटाजेनिक्स’ (Mutagenics) भनिन्छ। चुरोटको धुँवासँग दाँजो गरेर हेर्दा, धूपको धुँवा जीवित कोषहरूको लागि अनि प्राणिको डि.एन.ए.को लागि पनि विषालु हुने देखिएको छ। अगरबत्तीहरूमा हुने ६४ वटा यौगिकहरू मध्ये २ वटा यौगिकहरू चाहिँ सबैभन्दा विषालु हुने बताइन्छ।

सुन्दा नराम्रो लाग्न सक्छ तर जो व्यक्तिहरू दिनहूँ धूपको धुँवामा रम्ने गर्छन्, ती व्यक्तिहरूमा ‘म्युटाजेनिक्स’ (Mutagenics), ‘जेनोटक्सिन्स’ (Genotoxins), ‘साइटोटक्सिन्स’ (Cytotoxins) जस्ता खतरनाक विषालु पदार्थहरूले गर्दा क्यान्सर हुन सक्ने अनुसन्धानकर्ता बताउँछन्।

त्यस्तै, धुँवामा भएको खतरनाक केमिकलले डीएनए पनि बदल्न सक्छ । यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दमको समस्यासँगै सास लिन पनि असहज गराउँछ । धूपबाट निस्कने धुँवामा कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो र कपको समस्या पैदा गर्छ ।

यस्तै, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक हुने उक्त अध्ययनले पुष्टि गरेको छ । धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ । यसमा भएको हानिकारक केमिकलले आँखा चिलाउने, पोल्ने जस्ता समस्या देखापर्छ ।

धर्म,अध्यात्म र विज्ञानको आ-आफ्नै

संसार के हो, धर्म के हो, कर्म के हो, जीवनको अर्थ के हो, अनि मृत्युको अर्थ के हो? यो सबै कुराको ज्ञान हुनु नै बुद्धत्व पाउनु हो। र हाम्रो मन, मुटु र मस्तिष्कमा सुगन्ध फैलाउने यो अगरबत्तीले पनि ठ्याक्कै यस्तै काम गर्दछ भन्ने धार्मिक शास्त्रीहरूको विश्वास रहेको छ।

तर विज्ञानले धूप र यसको बासनालाई भने फरक ढङ्गले व्याख्या गरेको छ। हो, धूपको गन्धले मानिसको दिमागलाई शान्त, आनन्द र स्फूर्त राख्छ, तर शारीरिक रूपमा धूपको धुँवाले फाइदा भन्दा बढी बेफाइदा गर्ने वैज्ञानिकहरू बताउँछन्।

सन् २००८ मा गरिएको एक खोजको अनुसार, धूपको धुँवाले क्यान्सर जस्तो खतरनाक स्वास्थ्य समस्या ल्याउन सक्ने पनि देखिएको थियो। १२ वर्षसम्म चीनका करीब ६० हजार व्यक्तिहरूमा गरिएको अनुसन्धानले धूपको धुँवामा क्यान्सर पैदा गराउने रसायनहरू हुन्छन् भन्ने कुराको पुष्टि भएको थियो।

(एजेन्सीको सहयोगमा)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here