परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु कुमार अग्रवाल

काठमाडौं, १५ फागुन । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित हुन भएको छ ।

नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा मनोनित विष्णु कुमार अग्रवाल परिसंघको उपाध्यक्षमा कार्यरत छन् ।

परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आएका छन् ।

परिसंघको विगत १३ औँ वार्षिक साधारण सभापछि उपाध्यक्ष पदमा निर्वाचित उहाँ नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध छन् ।

परिसंघसँग आवद्ध CNI-YEF को संस्थापक समेत रहनु भएको श्री अग्रवाल परिसंघबाट विगत वर्षहरुमा आयोजित तीन वटा पूर्वाधार सम्मेलनहरुको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

स्मरणीय छ, परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here