कोरोनासँग लड्न एडीबीसँग ३० अर्बको ऋण सम्झौता

काठमाडौं, १९ जेठ । कोरोना भाइरस रोकथामको लागि एसियाली विकास बैंकले नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) सहयोग गर्ने भएको छ ।

बजेटबारे संसदमा जारी छलफलमा उठेका जिज्ञासामाथि जवाफ दिँदै गर्दा अर्थमंत्री खतिवडाले सोमबार बिहान अर्थमन्त्रालयले एडिविसँग उक्त सम्झौता गरेको जानकारी दिए।

प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खतिवडाले यो बजेट सहयोगका लागि छोटो अवधिमा प्राप्त भएको सहयोग भएको बताए । यो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग हुनेछ ।

अर्थ मन्त्रीले भने, ‘एउटै संस्थाले यति छोटो समयमा सहयोग स्वीकृती भएको र छिट्टै परिचालन हुने उदारहण हो ।’ उनले चालु आवमा १० प्रतिशत कम अनुमान गरिएको बताएका छन ।

एडीबीले नेपाल सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने समेत उल्लेख गरेको छ । यसअघि एडीबीले कोभिडसँग जुध्न १३ अप्रिलमा २० अर्ब डलरको सहायता घोषणा गरेको थियो ।

वित्त आयोगले दिएको सुझाव अनुसार नै कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशतको हाराहारीमै आन्तरिक ऋण उठाउने र त्यो उठाउंदा निजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नगरोस र निजी क्षेत्रमा जाने कर्जा कम नहोस भनेर बैंक तथा वित्तीय संस्थाहरुलाई पनि अरु उपकरणहरु दिएर बजारबाट आन्तरिक ऋण उठाउने तयारी गरेको उनले बताए।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here