एकै पटक हङकङ उडे नेपाल एयरलाइन्सका तीन वटा जहाज

काठमाडौं, १९ जेठ । नेपाल एयरलाइन्सले आज हङकङमा ऐतिहासिक उडान गरेको छ । कम्पनीका तीन वटा जहाज एकै पटक हङकङका लागि उडेका हुन् । नेपाल एयरलाइन्सका दुई न्यारोबडी र एक वाइडबडी जहाज हङकङका लागि उडेको कम्पनीले जनाएको छ ।

सोमबार साँझ एक एक घण्टाको अन्तरमा यी जहाजले हङकङका लागि उडान भरेका हुन् । यी जहाजले नेपालमा अड्किएका हङकङको स्थायीबासी अनुमति पाएका नेपालीलाई बोकेर गएको छ । नेपालबाट झण्डै ६ सय यात्रु हङकङका लागि उडेका छन् ।

नेपाल एयरलाइन्सका तीन वटा जहाज एकै गन्तब्यमा एकै पटक सर्वाधिक यात्रु बोकेर उडेको यो पहिलो संयोग भएको कम्पनीका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनले सामाजिक संजालबाट उल्लेख गरेका छन् । उनले यो दिनलाई कम्पनीको विशेष दिन भएको समेत उल्लेख गरेका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानमाथि लामो प्रतिवन्ध लागेका कारण यहाँ रोकिएका हङकङ निवासी नेपाली फर्केका हुन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here