सूचीकृत कम्पनीको रेटिङमा कोरोनाको असर

photo courtesy: modoras.com

संगम राई

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) हाल विश्वभरीनै महामारीको रूपमा फैलिएर विश्वकै आर्थिक, सामाजिक, स्वस्थ्य लगायत अन्य क्षेत्रलाई क्रसित बनाईरहेको छ । यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम क्षेत्रको सूचीमा राखेसंगै नेपालले पनि यस महामारीबाट बच्न तथा फैलिन नदिन लकडाउन गरी कोभिड–१९ को जांचलाई द्रुतरूपमा अगाडि बढाईरहेको छ ।

विशेषतः विश्वभरी नै यस महामारीबाट मानव जीवनलाई जीवित राख्न आर्थिक क्रियाकलापलाई समेत ठप्प राखी लकडाउन अपनाइरहेको अवस्थामा सम्भवत भविष्यमा यसको नकरात्मक असर अर्थतन्त्रमा गाडिएर बस्ने अनुमान प्रष्ट छ ।

यस महामारीको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा असर परेको छ र यसको प्रत्यक्ष असर नेपालमा बाहिरी मुलुकबाट भित्रिने रेमिट्यान्समा हालसम्म ५० प्रतिशतको हाराहारीमा गिरावट भएको तथ्याङ्क प्रक्षेपण भएकोछ र यो दर भविष्यमा थप वृद्धी हने अनुमान समेत गरिएको छ ।

साथै कोरोना भाइरस तथा लकडाउनको कारणले गर्दा नेपालको पर्यटन क्षेत्र, उड्डयन क्षेत्र, सेवा क्षेत्र, वित्तीय क्षेत्र, वास्तविक क्षेत्र लगायत अन्य क्षेत्रहरुमा नकरात्मक असर देखिन सुरु भएको छ र अन्तत चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

क्रेडिट रेटिङ्गको अवधारणा र महत्व

सामान्यतया क्रेडिट रेटिङ्ग भन्नाले निष्काशनकर्ता संगठित संस्थाको ऋण तिर्नसक्ने क्षमतालाई सांकेतिक सूचकको रूपमा क्रेडिट रेटिङ्ग संस्थाले दिएको रायलाई क्रेडिट रेटिङ्ग भनिन्छ । क्रेडिट रेटिङ्ग संस्थाले कुनै पनि संगठित संस्थाले धितोपत्रहरुको जस्तै साधारण शेयर, अगा्रधिकार शेयर, सरकारी तथा संस्थागत ऋणपत्र, आदिको निष्काशन गर्नु भन्दा अगाडि सो संगठित संस्थाको साखको गुणस्तर मूल्याङ्ककन गरि सांकेतिक रूपमा व्यक्त गरेको धारणालाई क्रेडिट रेटिङ्ग बुझिन्छ ।

अर्को शब्दमा, क्रेडिट रेटिङ्ग भन्नाले मुख्यतया निष्काशनकर्ताको धितोपत्र, कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने लगायत तत्सम्बन्धी प्रक्रिया समेत सम्झनुपर्छ ।

क्रेडिट रेटिङ्ग संस्थाले बजार सहभागीपक्षबाट स्वतन्त्र रहेर निष्पक्ष राय प्रदान गर्दछ । उक्त रायले साना तथा ठूला संस्थागत लगानीकर्ताहरुलाई बजारमा उपलब्ध विभिन्न धितोपत्र औजारहरु मध्येबाट जोखिम तथा प्रतिफलको आधारमा लगानीको निर्णय लिनको लागि अत्यावश्यक जानकारी प्रदान गर्दछ ।

क्रेडिट रेटिङ्ग संस्थाले धितोपत्र निष्काशनकर्ता संगठित संस्थाहरुको वित्तीय अवस्था, व्यवसायिक तथा वित्तीय जोखिम, व्यवस्थापन पक्ष, सुशासनको अवस्था तथा भावी व्यवसाय प्रवद्र्धनको सम्भावना समेतको गहन रूपमा अध्ययन गरि धितोपत्र औजारको किसिम हेरी फरक फरक किसिमको सांकेतिक राय प्रदान गर्दछ ।

जस्तै साधारण शेयरको लागि क्ष्एइ न्चबमभ ज्ञ देखि क्ष्एइ न्चबमभ छ सम्म ५ किसिमका, परिपक्व अवधि एक वर्षभन्दा बढी रहेका ऋणपत्रहरु, अपरिबर्तनीय डिबेञ्चरहरुको लागि ीब्ब्ब् देखि ीम् सम्म ८ किसिमका रेटिङ्ग स्केल प्रदान गरिन्छ । जसले लगानीकर्ता, धितोपत्र निष्काशनकर्ता कम्पनि, मध्यस्तकर्ता (मर्चेन्ट बैंकर तथा अन्य बजार मध्यस्तकर्ता, नियमन निकाय तथा अन्य सरोकारवालाहरुलाई आफनो उद्देश्य र कार्य बमोजिम निर्णय लिन सहयोग पु¥याउँछ ।

विशेषतः क्रेडिट रेटिङ्गले लगानीकर्ताहरुलाई लगानीको निर्णय लिन, निष्काशनकर्ता संगठित संस्थाहरुलाई आफनो कम्पनिको वित्तीय तथा संस्थागत शु्शासनको अवस्थाको जानकारी लिई सुधार गर्न, मध्यस्तकर्तालाई प्रिमियममा धितोपत्रको निष्काशन गर्दा निष्काशन मूल्य निर्धारण गर्न तथा नियमन निकायलाई आवश्यक नीति नियममा अद्मावधिक गरी लगानीकर्ताहरुको हित संरक्षण गर्नको लागि महइभ्वपूर्ण छ । धितोपत्र बजारमा सहभागी विभिन्न पक्षहरुलाई क्रेडिट रेटिङ्गको महइभ्व विस्तृत रूपमा तल उल्लेख गरिएको छ ।

क) लगानीकर्ता

* जोखिम तथा प्रतिफलको आधारमा लगानीको निर्णय लिनलाई अत्यावश्यक जानकारी प्रदान गर्न ।
* लगानीकर्ताहरुलाई कम्पनिको वित्तीय तथा संस्थागत शुशासनको अवस्थाको बारेमा जानकारी दिई
* लगानीको जोखिम तथा प्रतिफलको विश्लेषण गर्न ।
* लगानीकर्ताहरुलाई लगानीको विश्वासिलो वातावरण बनाउन ।
* निष्काशनकर्ता संगठित संस्थाको बारेमा लगानीसंग सम्बन्धित विभिन्न जानकारी दिई लगानीकर्ताको
* हित संरक्षण गर्न ।
* लगानीमा जोखिम पत्ता लगाई उच्च प्रतिफलको लागि लगानीको विविधिकरण गर्न ।
* थथ धितोपत्रहरुलाई रेटिङ्ग दिई तरलता प्रदान गर्न सहयोग पु¥याउँछ ।

ख) निष्काशनकर्ता

* कम्पनि स्वयमको वित्तीय तथा संस्थागत सुशासनको अवस्थाको बारेमा जानकारी लिन ।
* वित्तीय शुशासन लाई दिगो गरी निष्काशन तथा अन्य लागत कम गर्न ।
* प्रचार प्रसार कम भएका राम्रा कम्पनिलाई आवश्यक पुँजी उठाउन सहयोग पु¥याउँछ ।
* बजारमा कम्पनिको मूल्य निर्धारण गर्न उपयोगी आधारमानको रूपमा सहयोग पु¥याउँछ ।
* क्रेडिट रेटिङ्ग स्तरमान हेरी कम्पनि स्वयं सुधार गर्नको लागि प्रोत्साहन गर्दछ ।
* कम्पनिले क्रेडिट रेटिङ्ग गरिसकेपछि कर्जा लिनको लागि लाग्ने समय र लागत कम लाग्दछ ।
* राम्रा रेटिङ्ग भएको कम्पनिको निष्काशित सबै धितोपत्रहरु बिक्री गर्न सजिलो हुन्छ ।

ग) मध्यस्थकर्ता

* निष्काशन मूल्य निर्धारण गर्न ।
* निजी बिक्री तथा धितोपत्र बिक्रीको लागि मार्केटिङ्ग गर्न ।
* सम्पत्ति धितोपत्रीकरण तथा संरचित दायित्व गर्न ।
* रेटिङ्गले एक्स्पोजर स्तर र जोखिम सम्बन्धमा निर्णय गर्न सहज बनाउँछ ।

घ) नियमन निकायः

नेपालमा धितोपत्र बजार मार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्दा नियमन निकायले अनिवार्य रेटिङ्ग गराउनुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले धितोपत्र लगानीकर्ताहरुको हित संरक्षण गर्ने र रेटिङ्ग संस्थाले उपलब्ध गराएको प्रतिवेदनले बजारलाई स्वस्छ, पारदर्शी, तथा प्रभावकारी बनाउन समय सापेक्ष नीति निर्माण बनाउन सहयोग गर्दछ तथा धितोपत्र बजारलाई थप शुशासित बनाउन सघाउ गर्दछ । सूचीकृत कम्पनिको अवधारणा तथा क्रेडिट रेटिङ्ग सम्बन्धी कानुनी व्यवस्था सूचीकृत सङ्गठित संस्था भन्नाले धितोपत्र बजारमा धितोपत्र सूचीकरण गराएका सङ्गठित संस्था सम्झनु पर्छ ।

धितोपत्र बजार मार्फत धितोपत्रको कारोबार गराउन चाहने सङ्गठित संस्थाले त्यस्तो धितोपत्र सम्बन्धित धितोपत्र बजारमा सूचीकरण गराउनु पर्नेछ । धितोपत्र सूचीकरण गराउने सङ्गठित संस्थाको योग्यता; सङ्गठित संस्था बोर्डमा दर्ता भएको, सार्वजनिक रूपमा धितोपत्र निष्काशन भएको, र विनियममा तोकिएका अन्य योग्यता पुरा भएको हुनुपर्नेछ ।

आ.व २०७६।७७ सम्म धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्थाको संख्या २१२ रहेको छ । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ मा संगठित संस्थाले कम्तीमा तीन करोड रूपैयाभन्दा बढी मूल्यको शेयरको सार्वजनिक तथा हकप्रद निष्काशन गर्दा, बोर्डले आवश्यक देखेमा तीन करोड रूपैयाँ भन्दा कम मूल्यको शेयरको निष्काशनमा पनि रेटिङ्ग गराउनुपर्ने गरी सार्वजनिक सूचना गरी तोकेमा, डिवेन्चर तथा अन्य ऋणपत्र निष्काशन गर्दा, अग्राधिकार शेयर निष्काशन गर्दा, अंकित मूल्यमा प्रिमियम थप गरी संगठित संस्थाले गर्ने प्राथमिक निष्काशन, फर्दर पब्लिक इस्यु, हकप्रद निष्काशन तथा अन्य सार्वजनिक निष्काशन गर्नुपूर्व रेटिङ्ग गर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै निष्काशनकर्ताले धितोपत्र रेटिङ्ग सम्बन्धमा प्राप्त परिणाम बिक्री प्रस्ताव, विवरणपत्र वा अन्य सार्वजनिक रूपमा प्रकाशित हुने विवरणमा समावेश गर्नुपर्ने व्यवस्था रहेको छ । साथै उक्त विवरणमा नेपाल राष्ट्र बैंक, बीमा समिति वा अन्य नियमानकारी निकायको व्यवस्था अनुसार रेटिङ्ग गरिएको भए सो समेत समावेश गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा लिन चाहनेले तथा ऋण सुविधा चाहनेले समेत यस नियमावली बमोजिम क्रेडिट रेटिङ्ग गराउन सक्ने प्रावधान रहेको छ ।

हाल क्रेडिट रेटिङ्ग नियमावली, २०६८ बमोजिम क्रेडिट रेटिङ्ग व्यवसाय सञ्चालनको लागि नेपाल धितोपत्र बोर्डबाट इक्रा नेपाल लि., र केयर रेटिङ्ग नेपाल लि. लाई अनुमति प्रदान गरि विभिन्न संगठित संस्थाको धितोपत्र निष्काशन तथा अन्य प्रयोजनको लागि रेटिङ्ग प्रदान गर्ने कार्य तिब्र रूपमा अघि बढिरहेको छ ।

धितोपत्र सूचीकरण विनियमावली,२०७५ सूचीकृत संगठित संस्थाको वर्गिकरण लाई चार वर्गः वर्ग ए, बी, जी, र जेडमा वर्गिकरण गरिएकोछ । सूचीकृत संगठित संस्थाको वर्गिकरणको लागि विभिन्न मापदण्डहरु तोकिएको छ । जसमा सूचीकृत संगठित संस्थाको धितोपत्रको क्रेडिट रेटिङ्गलाई पनि एउटा मापदण्डको रूपमा तोकिएको छ ।

सूचीकृत संगठित संस्था वर्ग ए मा पर्नको लागि क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको हुनुपर्ने, त्यसैगरी वर्ग बी को लागि क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ्ग प्राप्त गरेको हुनुपर्ने प्रावधान रहेको छ । साथै उक्त विनियमावलीमा यस विनियम बमोजिम वर्गिकरण गरिएका पुनरावलोकन गरी प्रत्येक त्रैमासिक अवधिमा अद्यावधिक गनुपर्ने व्यवस्था समेत रहेको छ ।

कोरोनाको असर

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपालको समग्र अर्थतन्त्रमा असर गरिरहेको पृष्ठभूमिमा नेपालको धितोपत्र बजारमा समेत असर गरिरहेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको बाहुल्य रहेको नेपालको धितोपत्र बजारमा केहि वर्ष अगाडि केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्थाहरुको तीन गुणा पुँजी बढाउने निर्णयले धितोपत्रको आपूर्ति बढ्न गई सो अनुसारको माग नभएर थलिएको बजारलाई कोभिड–१९ ले थप असर गरेको छ ।

यस महामारीको कारणले रेमिट्यान्समा गिरावट, वाहृय व्यापार घाटा, आर्थिक क्रियाकलापमा कमीको कारणले वित्तीय संस्थाहरुमा निक्षेप संकलन र कर्जा लगानी घट्ने, ऋणको सावा र ब्याजको भुक्तानीमा कमी आई खराब कर्जा बढ्ने र समग्रमा बैंक तथा वित्तीय संस्थाहरुको आय घट्ने वा नोक्सानी व्यहोर्ने देखिन्छ ।

साथै धितोपत्र बजारमा सुचिकृत तथा सूचीकृत नभएका होटल तथा पर्यटन क्षेत्र, वास्तविक क्षेत्र लगायतका अन्य क्षेत्रका कम्पनिहरुले आय घट्ने वा नोक्सानी व्यहोर्ने र अन्तत बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको भुक्तानी गर्न नसक्ने अवस्था सृजित हुने देखिन्छ र यस अवस्थाले समग्रमा धितोपत्र बजारमा सूचीकृत कम्पनिहरुको रेटिङ्गमा समेत असर पर्ने देखिन्छ । रेटिङ्ग संस्थाले संगठित संस्थाको साखको गूणस्तरको मूल्याकंन स्वतन्त्र रूपमा गर्ने गर्दछ ।

कारोना भाइरस र लकडाउनका कारण सूचीकृत कम्पनिहरुको उत्पादन, वितरण, र बिक्रीमा कमि आई समग्रमा आय घट्ने देखिन्छ । आयमा कमि आई संस्थाको प्रशासनिक खर्च, स्थिर खर्च लगायत अन्य खर्च यथावत रहने र अन्तत नोक्सानी व्यहोर्ने देखिन्छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तान गर्न नसक्ने, व्यवसायिक तथा वित्तीय जोखिम बढने, सुशासनको अवस्था तथा भावी व्यवसाय प्रवद्र्धनको सम्भावना कम हुने कारणले धितोपत्र बजारमा सूचीकृत संस्था र धितोपत्र बजारमा सार्वजनिक निष्काशन गरी धितोपत्र सूचीकरण गर्न चाहेका कम्पनिहरुको क्रेडिट रेटिङ्गमा असर गर्ने देखिन्छ ।

लगानीकर्ताले धितोपत्रमा लगानी गर्दा रेटिङ्गलाई पनि ध्यान दिने हुँदा यस्ता कम्पनिहरुको धितोपत्रमा लगानीकर्ताहरु कम आकर्षित हुने देखिन्छ । साथै सूचीकृत संस्थाको वर्गिकरणमा समेत क्रेडिट रेटिङ्गलाई एउटा मापदण्डको रूपमा राखिएकोले सो वर्गिकरणमा समेत असर गर्ने देखिन्छ ।

सामान्यतया प्रारम्भिक सार्वजनिक निष्काशन गर्नको लागि आफ्नो उद्देश्य अनुसार कारोबार सञ्चालनका गर्नका लागि आवश्यक कार्यहरु अगाडि बढाई एक वर्षको अवधि पुरा गरेको व्यवस्था रहेको सम्बन्धमा त्यस्ता कम्पनिको वित्तीय अवस्थामा संकुचन, व्यवसायिक जोखिम बढ्ने हुनाले त्यस्ता कम्पनिको रेटिङ्गमा कमी आउने सक्ने भएकोले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनको खरिदमा समेत लगानकिर्ताहरुले
रेटिङ्गलाई मध्येनजर गर्ने हुनाले व्यस्ता कम्पनिको धितोपत्र बिक्रीमा समेत असर पर्ने देखिन्छ ।

अन्त्यमा,

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले देशको अर्थतन्त्रमा नकरात्मक असर गरेको छ । यस महामारीबाट नेपालको धितोपत्र बजारलाई समेत थप असर गरेको छ । धितोपत्र बजारमा सूचीकृत संगठित संस्था र सूचीकृत हुन चाहेको संस्थाहरुलाई समेत नकरात्मक असर गरिरहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन तथा कर्जा लगानीमा कमी, खराब कर्जामा वृद्धि तथा अन्य वास्तविक क्षेत्रका कम्पनिहरुमा लकडाउनको कारण व्यापार व्यावसाय ठप्प भएको कारण नोक्सानी व्यहोर्न गई बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्न नसक्ने, व्यवसायिक जोखिममा वृद्धि तथा भविष्यमा व्यवसाय प्रवद्र्धनमा कम आउने भएकोले धितोपत्र बजारमा सूचीकृत कम्पनिहरुको रेटिङ्गमा असर पर्ने देखिन्छ ।

धितोपत्र बजारमा धितोपत्रको माग कम भएको अवस्थामा थप यस महामारीले सूचीकृत कम्पनिहरुको आयमा आउने कमीले लगानीकर्ताहरुले धितोपत्र बजारमा लगानी कम गर्न सक्ने देखिन्छ । यस महामारीको असरबाट माथि उठाउनको लागि धितोपत्र बजारमा सूचीकृत तथा सूचीकृत हुन चाहेका कम्पनिहरुलाई लाभांशमा कर छुट दिने, उत्पादन तथा बिक्री बढाउनको लागि बजारीकरणको उचित व्यवस्थापन गर्ने, ऋणको ब्याजदरमा छुट दिने जस्ता नीति अवलम्बन गर्न जरुरी देखिन्छ । जस्ले गर्दा सूचीकृत संस्थाहरुको जोखिममा कमी आउने र आय बढ्न गई संगठित संस्थाहरुको रेटिङ्गमा वृद्धि भई लगानीकर्ताहरुलाई धितोपत्र बजारप्रति आकर्षण गर्न थप सहयोग पुग्ने देखिन्छ ।

(राई नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक हुन् । यो लेख बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा प्रकाशित लेख विशेषांकबाट साभार गरिएको हो ।)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here