लकडाउनको अवधिमा ३३ बालबालिका सहित ११ हजार जना नेपाल भित्रिए

काठमाडौं, १४ असार । लकडाउनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (११ चैतदेखि १२ असारसम्म) कार्गो र चार्टर्ड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको छ ।

सो अवधिमा ११ हजार २८२ यात्रु नेपाल प्रवेश गरेका छन् ।

त्यस्तै, ३३ बालबालिका नेपाल आएका छन् । यही अवधिमा नेपालबाट भने १३ हजार १०३ यात्रु तथा २५६ बालबालिका बाहिरिएका छन् ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको तीन महिनाको अवधिमा नेपाली एयरलाइन्सकोतर्फबाट यो सबैभन्दा बढी अन्तरराष्ट्रिय उडान भएको छ ।

निगमले एकै दिन ८ अन्तर्राष्ट्रिय उडान समेत गरेको छ । नेपाल एयरलाइन्सले मात्रै कार्गो चार्टर्ड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ ।

निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तर्राष्ट्रिय उडान गरेको छ । अन्तर्राष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here