किन लगाउँछन् साउनमा हरियो चुरा र मेहन्दी ?

काठमाडौं । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ साउनमा ।

गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ ।

साउने संक्रान्तिको दिन असारे वर्षात्, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।

फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।

साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् ।

अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिले बाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ ।

हिन्दू धर्मग्रन्थका अनुसार ‘ साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् । ’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ ।

विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुस्टि पनि गरेका छन् ।

मेहेन्दीले पनि स्वास्थमा फाइदा पुर्याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ ।

नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायन युक्त मेहेन्दीले भने यस्ता फाइदा पुर्याउँदैनन् ।

चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुष्टि पनि गरेका छन् ।


यस्तो छ साउने संस्कृति

शिवजीको आराधनाका रूपमा लिइन्छ यो महिनालाई । हिन्दू संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्तिपर्वको रूपमा लिइन्छ । साउन महिनाले नेपाली खासगरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडलाई भित्राउने भनाइ छ ।

नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरुवात यहीँ दिनदेखि गरिन्छ ।

हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।

साउने सङ्क्रान्तिको दिन असारे वर्षात्, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।

विवाहित महिला साउने सङ्क्रान्तिदेखि साउन महिना भर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमवार व्रत बसी शिवको पूजा आराधना गर्छन् । धार्मिक दृष्टिले साउन महिना पवित्र महिना मानिन्छ ।

त्यसमा पनि साउनको सोमवारको छुट्टै महìव रहिआएको छ । परम्परागत संस्कृति लोप हुँदै गएको बताइए पनि नेपाली महिलाले भने साउन महिनाको सोमवारलाई विशेष रूपमा मनाउँदै आएका छन् ।

कसैले परम्परा जोगाउनका लागि त कसैले फेसनकै रूपमा हरिया चुरा र मेहेन्दी लगाएर साउने सोमवार मनाउने गरेका छन् ।

हिन्दू महिलाले साउन महिनालाई विशेष महत्वका रूपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि व्रत बसेको र व्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाले श्रीमान्को भलाइको कामना गर्दै व्रत बस्दै आएका छन् । हरेक वर्षको साउनको सोमवार नेपाली हिन्दू महिलाहरू व्रत बस्ने गर्छन् ।

साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहेन्दी लगाई व्रत बस्दा अविवाहित महिलाले राम्रो वर र विवाहितहरूले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here