दशैंमा मासु किन्दा र पकाउँदा यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । दशैँ र मासु अहिले नेपाली समाजमा एक अर्काको परिपुरक नै भएका छ र मासुको उपभोग अत्यधिक हुने गरेको छ।

दशैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ । दशैको लागि राँगा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने गर्छ ।

मासु स्वास्थ्यका लागि एकदमै लाभदायक खाना भएतापनि यसलाई पकाउँदा वा खाँदा केही कुरामा विचार पुर्‍याउन आवश्यक हुन्छ। अघिपछि दैनिक पकाउने गरेपनि दशैंको लागि एक पटक धेरैमात्रामा मासु पकाएर राख्ने चलन रहेको छ ।

राम्रोसँग पकाए मासुमा रहेका हानिकारक जीवाणु नष्ट हुन्छन् तर कम पकाएको मासुमा त्यस्ता जीवाणु रहिरहन्छन् जसले रोगी बनाउन सक्छ ।

धेरै मोटो तथा बोसो भएको खसी पनि रोज्नु हुँदैन । धेरै मोटो खसीमा ३० प्रतिशतसम्म बोसो हुन सक्ने भएकाले त्यस्तो मासुले पाचनक्रिया, मुटु तथा दीर्घरोगीहरुमा प्रतिकूल असर गर्छ ।

खसी मार हान्ने वा मासु तयार गर्ने ठाउँको सफाइमा पनि ध्यान पु-याउनुपर्छ । यस्तो ठाउँ सतह मिलेको, जमिनलाई नछोएको तथा सफा गर्न मिल्ने हुनुपर्छ । सामान्यतया खसीको मासु पखाल्ने चलन छैन तर मासुलाई सफा पानीले पखाल्नु राम्रो हुन्छ ।

धेरै परजीवी बस्ने ठाउँ तथा आन्द्राको सफाइमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै छालाको बाहिरी तहमा भएका रौंका जरामा विभिन्न हानिकारक तङ्खव तथा फन्जाइहरु हुन सक्छन् ।

त्यसैले छालाको सफाइमा पनि पर्याप्त ध्यान दिनुपर्छ । छालाको तल्लो सतहमा पातलो बोसोको तह हुन्छ । त्यसमा कोलेस्ट्रोल (एक किसिमको चिल्लो पदार्थ) बढी हुने भएकाले मोटा मानिसले छाला खानु हुँदैन । दसैंको मासु एकै दिनमा सकिँदैन । त्यसैले मासुलाई भण्डार गर्नैपर्छ ।

मासु चुलोको छेउमा झुन्ड्याएर राख्ने चलन छ । मासुलाई पाँच डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्छ । त्यसैले भए फ्रिजमा नभए झिँगा नभन्किने, मुसा नलाग्ने, सुख्खा तर चिसो ठाउँमा राख्नुपर्छ ।

कलेजो, मुटु, फोक्सो जस्ता नरम मासु भण्डार गर्न सुख्खा बनाउनुपर्छ । अन्यथा लामो समय भण्डारण गर्नु हुँदैन । धेरैलाई मासु खाएपछि पखाला लाग्छ कि भन्ने चिन्ता हुन्छ । तर मासु सजिलै पच्ने खानेकुरा हो ।

त्यसैले मासु खाएर पखाला चल्ने अथवा अपच हुने हुँदैन । मासुमा धेरै तेल, मसला प्रयोग गरियो, मासु अस्वस्थ र असुरक्षित छ भने पेटको गडबडी हुन सक्छ ।

त्यसैले धेरै चिल्लो, मसालेदार मासुको परिकार बनाउनु वा धेरै फ्राई गर्नु राम्रो होइन । अत्यधिक मात्रामा मासु, अचार तथा चिल्लो–पिरो र त्यसमाथि मद्यपानका कारण पेट ढाडिन, दुख्न, अपच हुन, मुखमा अमिलो पानी आउन तथा कसैकसैलाई पखाला लाग्न सक्छ । बालबालिका, युवा तथा वयस्कले जति मासु खाए पनि चिन्ता गर्नु पर्दैन ।

मासु किन्दा र वनाउदा के मा ध्यान दिने?

हामीले मासु किन्दा र वनाउदा विशेष ध्यान दिन जरुरी छ। जनावर स्वस्थ छ कि छैन, मरेको जनवार हो कि हैन? र त्यसमा बोसो कति छ? वोसो भएको खण्डमा त्यसमा रहेको बोसोलाई हटाउनुपर्छ।

सामान्यता कागतिको रसले मोलेर यस्को वोसो हटाउन सकिन्छ। मासुलाई तेलमा तार्ने, अत्यधिक मरमसला हाल्ने गर्नाले स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ।

ओभनमा रोस्ट गर्ने वा बोइलिङ गर्ने, ग्रिल गर्ने, प्रेसर कुकरमा हालेर छोटो समयमा पकाउने वा थोरै तेलमा उच्च तापमा पकाउने गर्नाले मासु स्वस्थ रहन्छ।

धेरै तेलमा लामो समससम्म फ्राइ गर्नु राम्रो मानिँदैन। खासगरी, रातो मासुमा स्याचुरेटेड चिल्लो बढी हुने हुनाले त्यो बिरामीका लागि घातक मानिन्छ।

स्याचुरेटेड चिल्लोले कोलेस्टेरोलको मात्रा बढाउँछ, जसले रक्तप्रवाहमा अवरोधलगायतका समस्या उत्पन्न हुन्छ। त्यसैले शरीरमा उच्च कोलेस्टेरोल हुने व्यक्तिले रातो मासु सकेसम्म कम खानुपर्छ।

एजेन्सीको सहयोगमा


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here