विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा, भारत बाहिरियो

phot: google

काठमाडौं, ५ कात्तिक । सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूची सार्वजनिक भएको छ ।

आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ ।

सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार शक्तिशाली देशको सुचीमा दास्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा महाशक्तीको दर्जा दिइएको छ । तेस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ ।

प्रमुख शक्तिराष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अंक पाउन यो पटक भारत चुकेको छ । यो बर्ष करिब २ अंकको कमीले गर्दा भारत शक्ति राष्ट्रको दर्जा हासिल गर्न बन्चित भएको हो ।

गतबर्ष अर्थात सन् २०१९ को सुचीमा भारत पनि विश्वको प्रमुख शक्ति राष्ट्रको दर्जामा थियो । यो बर्ष कोरोना भाइरस प्रकोपका कारण भारत यो सुचिबाट बाहिरिएको छ ।

सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार सन् २०१९ मा भारतको पावर स्कोर ४१ थियो जुन यो बर्ष घटेर ३९ दशमलव ७ मा झरेको छ ।

यो सुचीमा जुन देशको स्कोर ४० वा त्योभन्दा बढी हुन्छ त्यसलाई प्रमुख शक्ति मानिन्छ । अघिल्लो वर्ष शक्तिशाली बनेको छिमेकी यस पटक घटुवामा परेको हो।

रिपोर्टमा इन्डो-प्यासिफिकका सबै देशमध्ये भारत कोरोना महामारीका कारण विकास क्षमता गुमाएको देश भनिएको छ। भारत एसियाको दोस्रो ठूलो जनसंख्या भएको देश हो।

भारत र अर्को हाम्रो छिमेकी चीनमा पनि जनसंख्या विशाल छ। यी दुई देशको आवादी लगभग बराबर छ। अनुमान के गरिँदै छ भने, केही वर्षमा भारतले जनसंख्यामा चीनलाई उछिन्ने छ।

केही बर्षपछि सम्भवत भारत जनसंख्याको मामिलामा चीनलाई पछाडी पार्नेछ । तर भारतिय समाजमा कोरोना भाइरसको मारले दुई देश बीच शक्तीको असमानता बढाएको छ ।

हालको रुझान अनुसार यो दशकको अन्तसम्ममा भारत र चीनको कुल आर्थिक उत्पादन ४० प्रतिशत मात्र रहने पनि प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा यो पुर्वानुमान ५० प्रतिशत हुने आशा गरिएको थियो ।

सन् २०३० सम्म भारतिय अर्थब्यवस्था मुल रुपमा महामारी पुर्वको पुर्वानुमानको तुलनामा १३ प्रतिशत कम रहनेछ । यसले भारतियहरुको खरिद गर्ने क्षमतामा पनि नकारात्मक असर पर्नेछ । यसले भविष्यको संसाधानको मापनमा भारतको स्कोर करिब पाँच अंकले गिरावत आएको लबी इन्स्टिच्युटले उल्लेख गरेको छ ।

अष्ट्रेलियाको लवी इन्स्टिच्युट हरेक बर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क, राजनितिक तथा कुटनिटिक प्रभाव र सांस्कृतिक प्रभावको अध्ययन गरि यो सुची जारी गर्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here