कोरोना संक्रमणबाट एकै दिन ३० जनाको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो

काठमाडौं, १९ कात्तिक । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here