विश्वकप छनौटः अर्जेन्टिना भर्सेस पराग्वे, लगातार तेस्रो जितको खोजिमा अर्जेन्टिना

काठमाडौं । सन् २०२२ मा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ शुक्रबार बिहान अर्जेन्टिनाले पराग्वेसँग खेल्दैछ ।

अर्जेन्टिनाको घरेलु मैदान ला बोम्बोनेरामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघिका दुवै खेलमा जित हात पारेको अर्जेन्टिना लागातार तेस्रो जित निकाल्ने दाउमा छ । यसअघि अर्जेन्टिनाले पहिलो खेलमा इक्वाडरलाई १–० गोलले हराएको थियो भने दोस्रो खेलमा बोलिभियामाथि २–१ गोलको जित निकालेको थियो ।

६ अंकसहित अर्जेन्टिना छनौट चरणको अंक तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै, समान अंक भएको ब्राजिल गोलान्तरको आधारमा शीर्ष स्थानमा छ । यता, पराग्वे भने ४ अंकसहित चौथो स्थानमा छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here