कोभिडमा मालामाल `एलन मस्क’, ८ महिनामा १०२ अर्ब डलर बढ्यो सम्पत्ति

काठमाडौं । कोभिड-१९ को महामारीले विश्व अर्थतन्त्र डगमगाएको अवस्थामा अमेरिकी अर्बपती एलन मस्कको लागि भने कोभिड एउटा राम्रो अवसर बन्यो । र उनी यस बिचमा मालामाल बने ।

मस्कले सन् २०२० को मार्च १७ तारिखदेखि नोभेम्बर २४ तारिखसम्मको बिचमा मात्रै १०२ अर्ब अमेरिकी डलर कमाए । मार्च १७ तारिखसम्ममा जम्मा २४ अर्ब डलर मात्रै कुल सम्पत्ति रहेको मस्कले नोभेम्बर २४ सम्म आइपुग्दा आफ्नो सम्पत्ति १०२ अर्ब डलर बढाएर १२६ अर्ब पुर्याए ।

टेस्ला र स्पेस एक्स जस्ता विश्व प्रशिद्ध ब्राण्डका सीईओ मस्क अहिले विश्वका दोस्रो धनी व्यक्ति हुन् ।

जेफ बेजोस र मार्क जुकरवर्गको पनि सम्पत्ति बढ्यो

यस समयमा अमेजन कम्पनीका मालिक जेफ बेजोसले पनि झण्डै ७० अर्ब डलरको धन बढाए । उनी अहिले विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् ।

साथै, फेसबुकका सीईओ मार्क जुकरवर्गले पनि यो समयमा आफ्नो कुल सम्पत्ति झन्डै दुई गुणा धन बढाए । ३६ वर्षिय जुकरवर्गले यस समयमा आफ्नो सम्पत्ति ५४ अर्बबाट १०१ अर्ब डलर पुर्याए ।

कोभिडमा अमेरिकी धनाढ्यहरुको सम्पत्ति ३४ प्रतिशत बढ्यो

ईन्स्टिच्यूट अफ पोलिसी स्टडिजले गरेको पछिल्लो अध्ययन अनुसार कोभिडले विश्वलाई प्रभाव पारिरहेको समयमा वा मार्च यता मात्रै अमेरिकी धनाढ्यहरुको धन ३४ प्रतिशत बढेको छ ।

अध्ययनमा अमेरिकाको ६ सय ५० जना त्यस्ता व्यक्तिको नाम राखिएको थियो जसले कोरोना महामारीमा पनि आफ्नो सम्पत्ती बढाए । ६५० मध्ये ४७ जना नवधनाढ्य छन् । (एजेन्सीको सहयोगमा)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here