थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त

काठमाडौं, १८ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार ५८९ रहेको छ । थप २१११ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २० हजार २७२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here