थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना डिस्चार्ज

काठमाडौं, २९ पुस । नेपालमा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४५जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४१४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन्।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here