बाढी-पहिरोले अवरुद्ध १३१ सडक आंशिकरूपमा सञ्चालन

सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ ।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ १२ र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।

१० दिनमा सरकारको आम्दानी २७ अर्ब ३९ करोड

सरकारले १० दिनमा २७ अर्ब बढी आम्दानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असोज २१ गते घटस्थापनादेखि टीकाको भोलीपल्ट एकादशीको दिनसम्म २७ अर्ब ३९ करोड ६० लाख राजश्व संकलन गरेको हो ।

मेलम्ची-इन्द्रावती जोड्ने अस्थायी पुल बाढीले बगायो

मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटर बाटोमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।

‘सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्ने गरी सर्त तोकिन्छ’- अर्थमन्त्री...

बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल संचालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ ।

खाद्य कम्पनीले बेच्न थाल्यो खसीबोका, मूल्य पोहोरकोभन्दा ९० रुपैयाँ महंगो

बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएता पनि यसवर्ष खसी-बोका मात्र बिक्री हुनेछ । कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो ९० रुपैयाँ बढाएको छ ।

नेपाल प्रहरीमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा दरखास्त आह्वान गरेको हो ।

दुई महिनामा एक अर्ब बढीको जुत्ता-चप्पल आयात

तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको जुत्ता आयात भएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४७ करोड ८४ लाख रुपैयाँ बराबरको जुत्ता आयात भएको थियो । चाडपर्व सुरु भएसँगै जुत्ता-चप्पलको माग बढेको व्यवसायीहरु बताउँछन्।

दशैंका लागि २५ अर्ब नयाँ नोट साटियो, साना दरका मात्र ९...

राष्ट्र बैंकले दसैैंलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले सो रकम लगिसकेका छन्। विगतका वर्षमा जस्तो यस वर्ष नयाँ नोट साट्नका लागि कुनै समस्या छैन।

चन्द्रागिरिको आइपीओ भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट

चन्द्रागिरि हिल्सले दशैंको अवसरमा केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको हो ।