बैंक/ बिमा

बैंक तथा वित्तीय संस्थाबारे कुनै गुनासो छ ? यसरी गर्नुहोस् अनलाइनबाटै दर्ता

झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन-दिन असहयोग गरेमा वा प्रचलित कानुन, नियम, निर्देशनको परिधि भन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको वा गराएको लागेमा राष्ट्र बैंकमा आनलाइनबाट गुनासो निवेदन पेश गर्न सकिने छ ।

बैंक तथा वित्तीय संस्थाको प्राथमिकतामा परेन् शैक्षिक प्रमाणपत्र धितो कर्जा

शिक्षित युवा स्वरोजगार कर्जा लिनका लागि कार्यविधिले १८ वर्ष पूरा ४० वर्ष ननाघेको युवा हुनुपर्ने व्यवस्था गरेको छ । सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो ।

मञ्जुश्री फाइनान्सको खुद नाफा ९४.१६ प्रतिशत बढ्यो

मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चलनचल्तीमा रहेका कतारी रियाल बैशाख २७ भित्र साटिसक्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेका कतारी रियालका नोटहरू हटाउने भएको छ । मंगलबार बैकले एक सूचना जारी गर्दै बैशाख २७ पछाडि उक्त संस्करणका कतारी रियाल नोटहरू सटही नहुने जानकारी गराएको हो ।

चार बैंकको निक्षेप संकलन दुई खर्ब माथि, सबैभन्दा अगाडि एनआईसी एसिया

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको रहेको छ । चैतसम्म एनआईसी एसियाले २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एनआईसी एशियाले पछिल्लो ३ महिनामा १८ अर्ब ३१ करोड निक्षेप बढाएको हो ।

सिटिजन्स बैंकको खुद मुनाफमा छलाङ, वितरणयोग्य कति ?

यो गत आवको सोही अवधिको तुलनामा ४५ करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

अन्नपूर्ण लाउञ्जमा नेपाल एसबीआईको एटीएम

नेपाल एसबीआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउञ्जमा एटीएम सञ्चालमा ल्याएको छ ।

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन

संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्‍नसमेत निर्देशन गरिएको छ ।

लक्ष्मी बैंकले ल्यायो ‘ओरेन्ज सेभिङ प्लस’ प्रिमियम बचत खाता योजना

यसका साथै डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटीएम्ममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।

५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । राष्ट्र बैंकले ९१ दिने २० करोडको र एक सय ८२ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।