बुद्ध एयरको दैनिक सय उडान

काठमाडौं । नयाँ जहाजको आगमन सँगै बुद्ध एयरले आक्रमक बजार विस्तार गर्न लागेको छ ।

काठमाडौं वाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको जहाजपछि बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुनेछन् ।

कोभिड–१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ ।

यस अनुसार बुद्ध एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरि तालिकासमेत बनाईसकेको छ । ‘अब हामी दैनिक १०० भन्दा बढी उडान भर्नें,’बुद्ध एयर मार्केटिङ सेल्स निर्देशक रुपेश जोशी बताउँछन् ।

‘समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौं, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने मार्कटिङ सेल्स निर्देशक रुपेश जोशी बताउँछन् । अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ ।

यसबाट यात्रुले आफुखुशी अनुकल समयमा हवाई यात्रा गर्नसक्छन् । अझ कर्पोरेट विजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन् ।

थपिएको जहाजबाट हामीलाई नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताए ।

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ । भारतको वनारस उडान दुवै देशको स्वीकृत पछि पुनः थाल्नेछन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here