सञ्चार माध्यमले आइपिओको नतिजा सार्वजनिक गर्न नपाउने, कसरी हेर्ने ?

काठमाडौं । सञ्चार माध्यमले अब प्राथमिक शेयर ‘आइपिओ’ को नतिजा आफ्नो वेवसाइटबाट सार्वजनिक गर्न नपाउने भएका छन् ।

लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमलाई प्रदान गर्न सम्पुर्ण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकहरुलाई पत्राचार गरेको हो ।

यो नियम शुक्रबार बाँडफाड हुने महिला लघुवित्तको शेयरमा पनि लागु हुने बताईएको छ ।

सञ्चार माध्यमले नतिजा सार्वजनिक गर्न नपाउने भएसंगै सम्बन्धित निष्काशन तथा बिक्री प्रवन्धकले आफ्नो वेवसाइट मार्फत हेर्न मिल्ने व्यवस्था गर्ने छन् । यसका अलवा मेरो शेयर मार्फत पनि नतिजा हेर्न सकिने छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here