शेयर बजार ४५ अंकले घट्दा ६ अर्बको कारोबार, चन्द्रागिरी हिल्सको शेयरमा पोजेटिभ सर्किट

काठमाडौं, १३ फागुन । साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१४ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.७३ प्रतिशत कम हो ।

बिहिबार राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ८.५३ अंकले घटेर ४६१.८१ अंकमा झरेको छ ।

आज कारोबारमा आएका सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै फाइनान्स समुहको सूचक घट्यो । फाइनान्सको सूचक २.१७ प्रतिशत घट्यो । त्यस्तै, बैकिङ्ग समुहको १.९९ प्रतिशत घट्यो ।

बिहिबार २०६ कम्पनीको १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९ करोड ८१ लाखको कारोबार भयो ।

आज चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । चन्द्रागिरी हिल्सको शेयर मूल्य बिहिबार ९.९१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सनराईज फस्ट म्यूचल फन्डका शेयर धनी छन् फन्डको शेयर मूल्य ६.८४ प्रतिशत घट्यो ।

बिहिबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्टेक्चर बैंककले गर्यो । बैंकले आज ९० करोड ३५ लाख ६७ हजारको कारोबार गर्यो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here