साधुसन्तको बिदाइ : को हुन नागाबाबा, शिवरात्री सकिएपछि कहाँ जान्छन् ?

काठमाडौं । शिवरात्रीको बेलामा बिशेष चर्चामा आउने नागाबाबालाई हेर्नकै लागि भएपनि युवाहरुको जमात पशुपति तिर जानु आवाश्यक ठान्छन् ।

नागाबाबा बाबासँगै बसेर गाँजा तान्नु र अझ भनौ नागाबाबासँग सेल्फीमा रमाउनु शिवरात्रीको बिशेषता बनेको छ पछिल्लो समय । तर पशुपतीमा गाँजामा कडाइ गरेपनि लुकीलुकी तान्नेको संख्या भने देखिन्छ ।

हरेक शिवरात्रीको बेला नागाबाबा नेपाल भित्रने गरेका छन र शिवरात्री सकिएको भोलिपल्टदेखि नै विदा हुन थाल्छन ।

शरीरमा भष्म लेप, गाँजा सेवन गरी नाँगै अर्थात प्राकृतिक स्वरुपमै रहने यी नागाहरु कसैकसैको परिहासको पात्र बन्दा पनि मौन रहन्छन्।

पहिले जस्तो निर्वस्त्र रहने छुट छैन उनीहरुलाई पशुपतिनाथमा, सामाजिक मर्यादाका कारण। तर भारतका विभिन्न तीर्थ र कुम्भ मेलामा उनीहरु निर्वस्त्र धुनी जगाई आफ्ना अखाडामा बस्ने गर्छन्। यस्ता धार्मिक समारोहमा नागाहरुको अनुपस्थितिलाई असुभ संकेत मानिन्छ।

हरेक शिवरात्रीलाइ बिशेष बनाउन नेपाल आउने गरेका ती नागाबाबा को हुन , कसरी उनीहरुको उत्पती भयो ,शिवरात्री सकिएपछि उनीहरु कहाँ जान्छन सबैको कौतुहलताको विषय हो ।

नागाबाबाको शब्द धेरै पुरानो हो । भारतमा नाग वंश र नागा जातिको इतिहास पनि पूरानो छ । भारतको उत्तर पूर्वी क्षेत्रमा नागवंशी र नागजाती र दसनामी सम्प्रदायका मानिसहरु बस्छन ।

भारतको नाथ सम्प्रदाय पनि दशनामी सम्प्रदायसँग सम्बन्धित छ । शैव पथबाट धेरैजसो सन्यासी तथा साधुको उत्पत्ति भएको मानिन्छ ।

नागा शब्दको उत्पत्तिका बारेमा केही विद्धानको यस्तो मान्यता छ की नांगा शब्द संस्कृत शब्दबाट आएको हो जसको अर्थ “पहाड” हुन्छ र यहाँ बस्ने मान्छेलाई “पहाडी” अर्थात ‘नागा’ भनिन्छ ।

कच्छारी भाषामा नांगा भनेको ‘एक बहादुर लडाकु व्यक्ति’ हो । नागाको अर्थ नग्न रहनेलाइ पनि बुझिन्छ । उत्तर पूर्वी भारतमा बस्ने मान्छेलाइ पनि नागा भनिन्छ ।

भारतीय सनातन धर्मको वर्तमान स्वरूपका प्रणेता आदिगुरु शङ्कराचार्यको जन्म ८ औं शताब्दीको मध्यतिर भएको थियो, जुन बेला भारतीय उपमहाद्वीप र भारतवर्षका क्षेत्रमा जनमानसको दशा र दिशा धेरै राम्रो थिएन।

आक्रमणकारीहरु सलबलाएका थिए । आर्थिक सामाजिक स्थिती खराब थियो । यस चूनौतीलाइ अध्यत्मिक शक्तिले मात्र सामना गर्न पर्याप्त थिएन ।

त्यसकारण उनले देशको चार कुनामा धार्मिक पीठ खडा गरेर यूवा साधुलाइ व्यायाम गरी शक्तिशाली बनाए भने हतियार चलाउन पनि माहिर बनाए । ती पीठहरु साधुको अभ्यास गर्ने केन्द्र बने । कालान्तरमा कैयौ यस्ता अभ्यास गर्ने अखडा बने ।

धार्मिक स्थल ,श्रद्धालु भक्तजनको रक्षामा आँच आउन थाल्यो भने ती साधुको प्रयोग गर्नु भनेर शंकराचार्यले अखडामा सुझाव दिए । केयौपटक विदेशी राजा महाराजाको अक्रमणमा नांगा बाबाहरुको सहयोग लिइएको थियो ।

धार्मिक स्थल गोकुलको रक्षा पनि नागा बाबाले नै गरेको भनिएको छ । उसो भए नागा बाबा बन्न के गर्नुपर्ला त भन्ने लाग्न सक्छ कैयौलाई । नागा बाबा बन्न सहज छैन । कठिन प्रक्रिया पार गर्न कैयौ बर्ष लाग्न सक्छ ।

कोही नागा बन्न चाहन्छ र धार्मिक अखडामा जान्छन भने उसको पारिवारिक पृष्ठभुमि बुझिन्छ र किन उ नागा बाबा बन्दैछ भन्ने पनि जानकारी लिइन्छ ।

यदि उसको उत्तर अखडालाइ चित्त बुझेको बखतमा मात्र उसले नागा साधुको लागि अखडामा प्रवेश पाउँछ । यसमा ६ महिना देखि लिएर १२ बर्षसम्म पनि लाग्न सक्छ ।

संसारिक माया मोहबाट निक्लन सक्ने मानिस मात्र नागा बाबा बन्न सक्छ । लामो समयसम्म ब्रह्मचारीका रूपमा रहनुपर्छ, त्यसपछि क्रमशः महापुरुषशिक्षा ग्रहण गर्ने गरिन्छ। वर्षौंसम्म परीक्षा लिइएका नागाबाबाका तप, ब्रह्मचर्य, वैराग्य, ध्यान, सन्न्यास, धर्मको अनुशासन तथा निष्ठालाई प्रमुखताका साथ हेरिन्छ।

तर अहिले आएर नागाबाबाको अर्थ नबुझी कपडा खोलेर शरीरभरि खरानी घसेर धार्मिक पीठमा बस्दैमा आफुलाइ सही मानेको नागा बाबा सम्झने पनि कम छैनन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here