झिनो अंकले घट्यो शेयर बजार, ५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, २५ चैत । रेकर्ड कायम गर्दै बढेको शेयर बजार साताको चौंथोे कारोबार दिन आज भने झिनो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २.८५ अंकले घटेर २६७१.६१ अंकमा झरेको छ ।

बुधबार राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढ्यो । आज इन्डेक्स ०.६२ अंकले बढेर ४७६.८० अंकमा पुग्यो ।

आज होटल एण्ड टुरिजम, विकास बैंक, लघुवित्त, सामुहिक लगानी कोष, बैकिङ्ग र फाइनान्स बाहेक अन्य सबै समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक बढ्यो । यस समुहको सूचक ६.०२ प्रतिशत बढ्यो । त्यस्तै, लघुवित्तको २.१६ प्रतिशत, विकास बैंकको १.५० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । यस समुहको सूचक ३.९४ प्रतिशत घट्यो । त्यस्तै, इन्भेष्टमेन्टको १.६६ प्रतिशत घट्यो ।

बुधबार २१५ कम्पनीको १ करोड ६३ लाख ६१ हजार ८ सय ६२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज ५ कम्पनीका लगानीकर्ता मालामाल भए । मालामाल हुनेमा महिला लघुवित्त, चन्द्रागिरी हिल्स, एनआइसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र यूनिभर्सल पावर कम्पनीका लगानीकर्ता छ । यी पाँचै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो ।

सबैभन्दा धेरै गुमाउनेमा राइरङ हाइड्रोपावरका शेयर धनी छन् कम्पनीको शेयर मूल्य ७.२६ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्ट्रक्चर बैंकले गर्यो । बैंकले २७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here