बिरामीलाई दिइने अक्सिजनको स्रोत के हो, कहाँबाट ल्याइन्छ ?

काठमाडौं । कोरोना भाइरस महामारी तीव्र रुपमा बढेको छ । भारतमा अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्।

नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्।

घरमै शरीरमा अक्सिजनको तह जाँच गर्न सकिने उपकरण अक्सिमिटरको बजारमा माग व्यापक रूपमा बढेको व्यवसायीहरूले बताएका छन्।

गम्भीर लक्षणसहित कोभिड- १९ भएका बिरामीलाई उपचारको क्रममा अक्सिजन आवश्यक पर्छ। पर्याप्त अक्सिजन नभए बिरामीको मृत्यु पनि हुन सक्छ।

बिरामीलाई दिइने अक्सिजनको स्रोत के हो ?

-मेडिकल अक्सिजन वायु विभाजन गर्ने प्लान्टमा उत्पादन गरिन्छ ।

-वायुलाई कम्प्रेस (संकोच) गरी शुद्ध बनाई चिस्याइन्छ ।

-त्यसपछि अन्य ग्यासबाट अक्सिजनलाई छुट्याउन डिस्टिलेसन गरिन्छ ।

-यो विधिमा अक्सिजन तरल रुपमा संकलन हुन्छ । अस्पतालमा दिन ठूला-ठूला ट्यांकरका हालेर पठाइन्छ ।

-अस्पतालमा निकै कम तापक्रम कायम गर्ने कन्टेटरमा भण्डार गरिन्छ । बिरामीहरुले पाइपको सञ्जालबाट अक्सिजन पाँउछन् ।

-सबै अस्पतालमा यस्तो सञ्जाल नहुने हुलाले सार्न मिल्ने सिलिण्डर प्रयोग गरे अक्सिजन दिइन्छ ।

-बीबीसी


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here