चीनबाट आइपुग्यो चार सय थान अक्सिजन सिलिन्डर

काठमाडौं, २८ बैशाख । चीन सरकारले सहयोगस्वरूप दिएको चार सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ ।

मंगलबार चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले चार सय सिलिन्डर अक्सिजन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

निगमको जहाजले सिलिन्डरसहित १७३ अक्सिजन कन्सर्नट्रेटर, १० थान भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री ल्याएको छ ।

चीनको होङ्सी होल्डिङ ग्रुपले दिएको २०० थान अक्सिजन कन्सर्नट्रेटरमध्ये नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १७३ ओटा ल्याएको हो ।

चीनले नेपाललाई २० हजार थान सिलिन्डर अनुदानमा दिने सहमति गरेको थियो । पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेपछि रकारले सिलिन्डर अभाव भएपछि पहिलोपटक चीनबाट ल्याएको हो ।

साथै, थप सामान लिन नेपाल एयरलाइन्सको जहाज जाने पनि बताइएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here