विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न वैद्यलाई पार्टीको निर्देशन

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले बागमती प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत् उनले भनेका छन् -‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न! आवेगको बोलि र ब्यवहार (भावनात्मक उत्तेजना) भनेर उन्मुक्ति हुन्न’, उनले भने, ‘शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ, तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।’

यस्तै, उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको पनि बताएका छन्।

त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बाँनियाले पनि विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here