कारोबारको एक घण्टा: १० कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, ४ अर्ब ८२ करोडको कारोबार

काठमाडौं, ३० जेठ । साताको कारोबारको पहिलोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२ बजेसम्ममा ३०.६८ अंकले बढेको छ ।

यो सँगै परिसूचक २९७५.४६ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका २०७ कम्पनीको ९५ लाख ६२ हजार ५५३ कित्ता शेयर ४५ हजार ३५२ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ८२ करोड ७९ लाख १८ हजार ३७० रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १० कम्पनीको शेयर मुल्यमा पोजेटिभ सर्किट लेभलमा बढेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here