कोपा अमेरिका: पेरुविरुद्ध संघर्षपूर्ण जित निकाल्दै ब्राजिल फाइनलमा

एजेन्सी, २२ असार । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।

रियोको राष्ट्रिय रंगशालामा भएको खेलमा पेरुमाथि संघर्षपूर्ण १–० को जितसहित ब्राजिल फाइनलमा पुगेको हो ।

ब्राजिलको जितमा खेलको ३५औ मिनेटमा नेइमारको असिस्टमा लुकास पाक्वेटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।

अब फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीचको बिजेतासँग खेल्ने छ ।

रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here