ऋणीलाई जानकारी नदिइ धितोमा रहेको सेयर विक्री गर्न नपाइने व्यवस्थामा थप कडाई
बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि धितोमा रहेको सेयर विक्रीका लागि लिलाम विक्री गर्दा ऋणीलाई जानकारी दिनु पर्ने व्यवस्थालाई थप प्रभावकारी बनाउनु पर्नेछ । यसका लागि ऋण प्रवाह गर्दा बैंकले दिने ‘प्रडक्ट पेपर’मै सेयर लिलामी प्रक्रियालगायत सबै व्यवस्था उल्लेख गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
एनएमबीको २१ प्रतिशत बोनश सेयर र १४ प्रतिशत नगद लाभांश
एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनश सेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने भएको छ ।
एनआइसी एशियाको ३० लाख कित्ता ऋणपत्र विक्री खुला, कति पाइन्छ ब्याज ?
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशिन कुल ३० लाख ऋणपत्रमध्ये १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्नेछ भने १२ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
सिभिल बैंकका सिइओ पोखरेलले गरे पदभार ग्रहण, ४ बर्षको कार्यकाल
काठमाडौं, १८ असार । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले शुक्रवारदेखी पदभार सम्हालेका छन् ।
बैंकको गत जेठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले पोखरेललाई असार १८ गते देखि लागु...
ज्योति विकास बैंक र सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सहकार्य
महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिनाधितो सहुलियतपूर्ण कर्जा र विशेष छूटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सम्झौता
सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र र नेपाल फर्निचर तथ फर्निसिङ्ग उद्यमी महासंघका तर्फबाट महासंघका महासचिव ओम बहादुर बस्नेतले हस्ताक्षर गरेका छन।
ग्लोबल आइएमई बैंकका कर्मचारीले वर्षको सातदिन ‘पर्यटन बिदा’ लिनुपर्ने
कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ । यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो ।
उधारो बीमालेख जारी नगर्न बीमा समितिको निर्देशन
दफा २७ मा ‘कुनै पनि बीमाकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमावापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नुहुँदैन। बीमकले जोखिम ग्राहक गरेबापत बीमाशुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिनेछ’ भन्ने व्यवस्था छ।
निक्षेप उपकरण मार्फत २० अर्ब संकलन गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल
काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ । बुधबार केन्द्रीय बैंकले निक्षेप उपकरण मार्फत १४ दिन अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागेको...
नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा
काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकप्रति आभार व्यक्त गरे।