Tag: अमेरिकी डलर

डलरको मूल्य वृद्धि प्रभाव : जापानी येन ३२ वर्षयताकै कमजोर

जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै सबभन्दा कमजोर बनेको छ । अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानी येन न्यून विन्दुमा पुगेको बीबीसीले जनाएको छ । प्रति अमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछि त्यो अलिकति माथि उक्लियो। जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा अस्थिर बनेको विषयलाई सम्बोधन गर्न उचित कदम चालिने बताएका छन्।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, कसरी बन्यो शक्तिशाली मुद्रा ?

सन् २००७ मा फेडरल रिजर्भका अध्यक्ष एलेन ग्रिनस्प्यानले भनेका थिए कि यूरोले डलरको स्थान लिनसक्छ । सन् २००६ को अन्तिमसम्म विश्वभरका केन्द्रिय बैंकको कुल विदेशी मुद्रा भण्डारमा यूरो २५ प्रतिशत भएको थियो ।

फेरि उकालो लाग्यो अमेरिकी डलर, यस्तो विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार मंगलबारको लागि अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा रहेको छ ।

अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११९ रुपैयाँ ५९ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ १९ पैसा रहेको छ ।

कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

यस्तै राष्ट्र बैंकले यूरो एकको खरिददर १४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २५ पैसा तोकेको छ ।

कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

यस्तै राष्ट्र बैंकले यूरो एकको खरिददर १३७ रुपैयाँ २ पैसा र बिक्रीदर १३७ रुपैयाँ ११ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४३ पैसा तोकेको छ ।