Tag: डेंगु

डेंगु निकोपछि अधिकांश व्यक्तिमा देखिन्छन् यस्ता समस्या, के-के कुरामा ध्यान दिने...

शरीर चिलाउने, भोक नलाग्ने, निद्रा लागिरहने वा कम लाग्ने, रिस उठ्नेर झर्को लाग्ने, मन उदास हुने, आत्मबल कम हुने, हातखुट्टा तथा ढाड दुख्ने र बाउँडिने, हाडजोर्नी दुख्ने, कपाल झर्ने, तौल घट्ने लगायत धेरै स्वास्थ्य समस्या देखिन सक्छ ।

दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, संक्रमितले के- के कुरामा ध्यान...

नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

नेपालमा किन फैलिइरहेको छ डेंगु, मृतक र संक्रमितको संख्या दुई दशक...

गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आंकलन छ । सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, डेंगु भएमा अपनाउनै पर्ने यी २०...

ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुन सक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला ।

उपत्यकामा दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, संक्रमितको संख्या ४ हजार...

देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो ।