काठमाडौंमा रातभर भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौंमा आज रातभर भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

दोलखा भीमेश्वर मन्दिरको शिलामा पसिना आयो

दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आउन थालेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार भीमेश्वरको शिलामा दिउँसो १ ः ४० देखि ‘पसिना’ आउन थालेको हो । शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको स्थानीयले जनाएका छन् ।

वुमन एसिया कपमा नेपालको विजयी सुरुवात

युएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो ।

महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान पनि खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् ।

चिसो पानीमा पौडी खेल्दा हुन्छ स्वास्थ्यलाई फाइदै फाइदा

चिसो पानीमा पौडी खेल्दा तपाईंको मुटुले न्यानो राख्न कडा मेहनत गर्नुपर्छ ।

साउनमा किन लाइन्छ हरियो चुरा र मेहन्दी ?

विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् ।

हरिशयनी एकादशी आज, के छ महत्व

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

स्पेनले जित्यो यूरोकपको उपाधी

स्पेनले यूरोकप २०२४ को उपाधी उचालेको छ । कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको स्पेनले जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो ।

नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी

नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।