सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने

बिहीबार २९ कात्तिक देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरिने भएको छ ।

तिलिचोको बेस क्याम्पमा पुग्यो राष्ट्रिय प्रसारण ग्रिडको बिजुली

राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत उत्पादन गरी आपूर्ति हुँदै आएको थियो। उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ।

पाथीभरा केबलकार शिलान्यास, १५ महिनाभित्र बनिसक्ने

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

त्रिभुवन विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द, ३० प्रतिशत उडान कटौती

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुँदैछ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको नेपाल नागकि उड्डयन प्राधिकरणले जनाएको छ ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

विश्व बैंकको सहयोगका ७२ अर्ब लागतका पाँच आयोजनाको तयारी फास्ट ट्रयाकमा...

विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँच आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको वाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।

हिमाल आइरनले विद्युत महसुलबारे दायर गरेको रिट खारेज, महसुल तिर्नुपर्ने

हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

भौतिक मन्त्री साउदी प्रस्थान

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन् । सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

रसुवागढी-केरूङ राजमार्ग आजदेखि सञ्चालनमा

आज बिहानबाट चिनीयाँ साना सवारी तथा नेपाली मालबाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिएका छन् ।

बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई संग्रहालयमा परिणत गर्ने घोषणा

बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे ।