प्रधानमन्त्री ओली र माधव कुमार नेपालले अभिनय गरेको फिल्मको श्रव्य-दृष्य सार्वजनिक

एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । सार्वजनिक श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत दृश्यमा देखिएका छन् ।

आज नागपञ्चमी, के छ महत्व ?

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ ।

पेरिस ओलम्पिकमा तौल विवादपछि फाइनल गुमाएकी भारतीय कुस्तीवाजले छाडिन कुस्ती

काठमाडौं । अधिक भार सम्बन्धी विवादले पेरिस ओलम्पिकमा फाइनल खेल खेल्नबाट बन्चित भारतीय कुस्तीवाज विनेश फोगाटले कुस्तीलाई अलबिदा भनेकी छन् । उनले आफ्नो हिम्मत...

काभा भलिबलको फाइनलमा भारत र नेपाल भिड्दै, प्रधानमन्त्री हेर्न जाने

काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्ने भएका छन् । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा पाँच बजे शुरु हुने भएको छ । फाइनलमा नेपालको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत कर्भड हल पुग्ने भएका छन् ।

मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई

यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो ।

काभामा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपाल बिजयी भएको छ। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा...

देशभर २२ जनामा हैजा पुष्टी, कसरी जोगिने ?

हैजाबाट जोगिनका लागि पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनु पर्छ । यसका साथै झिंगा लागेका, सडेगलेका, नपाकेका र खुलास्थानमा राखिएका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका साहयताले निर्मलिकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । यस्तै, शौचालयको प्रयोग गरेपछि तथा खानाखानु अघि अनिवार्य रूपमा साबुन पानीले मिचिमिची हात धुने बानी गर्नुपर्छ ।

अब च्याटजिपीटीसँग कुराकानी गर्न अझै सहज, आवाजबाटै प्रयोगकर्ताको ‘मुड’ थाहा पाउने

प्रयोगकर्ताले मजाक गरेको अवस्थामा विभिन्न प्रकारका जिस्काउने आवाजहरू बनाउन सक्छ ।

उपत्यकाका नदी किनार जलमग्न

रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीमा बाढी पसेको छ । बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ ।

नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान

नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दुरी पार गरे ।