आइएमई र जीएमई रेमिटले मर्जरपछि एक अर्ब नाघ्यो चुक्ता पुँजी
आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ ।
आइएमई र जीएमईबीच संयुक्त कारोबार शुरु, बुधबारदेखि सेवा लिन सकिने
काठमाडौं । दुई ठुला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीच संयुक्त कारोबार बुधबारदेखि सुरु भएको छ। आइएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्सलाई प्राप्ति गर्दै संयुक्त कारोबार सुरु भएको हो। प्राप्तिपछिको एकीकृत कारोबारको उद्घाटन् बुधबार नेपाल राष्ट्र बैंकका...
हिमालयन रिइन्स्योरेन्सले कमायो दोब्बर नाफा
हिमालयन रिइन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०८०\८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा नाफा दोब्बर बढेको बताएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले यस आजमा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमायो । अघिल्लो आवमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने
काठमाडौँ । पुँजी वृद्धिका लागि नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको ६६२ औँ बैठकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने निर्णय गरेको हो...
नबिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ आन्टरप्रिन्युअरसिप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक...
डलरको मूल्यमा निरन्तर रेकर्ड
डलरको मूल्यमा निरन्तर रेकर्ड कायम भएको छ । डलरको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएकोमा बुधबार तोडिएको थियो । बुधबारको रकेर्ड आज (बिहीबार) तोडिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ।
नबिल बैंक र नमस्ते पेविच साझेदारी, एनबैंकबाट नमस्तेमा पैसा लोड गर्न सकिने
नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने बनाएको छ ।
लघुवित्त समस्या समाधान गर्न गठित समितिले के दियो सुझाव ?
प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने तथा राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघु वित्त वित्तीय संस्थाका सदस्यले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ । सरकारले बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीलाई कठिनाइ भएको भन्दै बचत तथा ऋण सहकारी संस्थाबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताको २० करोड सीमा हटाइयो
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ । शुक्रबार मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यन्वयनका लागि एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
विदेश भ्रमणमा जानेले २५ सय डलर सटही सुविधा पाउने
विदेश भ्रमणमा जाने नेपालीले हरेक पटक बढीमा २ हजार ५ सय अमेरिकी डलरका दरले विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । गत शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको यस वर्षको मौद्रिक नीतिमा घोषणा भएका व्यवस्था कार्यान्वयनमा आएको छ । यससँगै नागरिकले यो सुविधा पाउने भएका छन् ।