घुस लिएको तथा दिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागमा कार्यरत तत्कालिन कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एक सेवाग्राहीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो। भट्टराईलाई करारमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएकोे थियो ।

यस्तै घुस लिन इन्जिनियर भट्टराईलाई दुरुत्साहन दिएको भन्दै अख्तियारले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरूद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सापकोटाले भट्टराईसँग मिलेमतोमा घुसवापतको रकम भट्टराईको खातामा रकम जम्मा गरेको पाइएको अख्तियारले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here