दोहोरो अंकले बढ्यो शेयर बजार, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारले कमब्याक गरेको छ । माघ ३ गतेदेखि लगातार ७ दिनमा ९२ अंकले घटेको नेप्से आज दोहोरो अंकले फर्केको हो ।

सूचकमा सुधार आए पनि करोबार रकममा भने उल्लेख्य सुधार आउन सकेको छैन । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६विन्दुमा पुगेको हो ।

यसदिन ३०६ कम्पनीको ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशतले बढेकोे छ ।

आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड ५३ लाख रुपैयाँको ५ लाख २१ हजार ७१९ कित्ता शेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत् र सामलिङ पावरमा शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here