ट्रकसँग ठोक्कियो गायिका रचना रिमाल सवार गाडी

काठमाडौं । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ। आइतबार अपराह्न पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले ठक्कर उनी चढेकाे गाडीलाई ठक्कर दिएको थियो । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टानजिकै बाप्र ०३.०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना१६च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हाे । गाडी दुर्घटनाबाट गायिका रिमाललाई केही भएको छैन । गाडीमा रिमालसहित तीनजना सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here