कोशी प्रदेशमा अध्यादेशबाट ऐन संशोधन, दलका नेता र सचेतकलाई गाडीसहित थप नगदको सुविधा

काठमाडौं । कोशी सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवासम्बन्धी ऐन २०७५ संशोधन गरेको छ ।

सत्तागठबन्धनका नेता रिझाउन प्रदेशसभाका गठबन्धनका संसदीय दलका नेता र सचेतकलाई गाडीलगायतको सुविधाका लागि मुख्यमन्त्री केदार कार्कीले अध्यादेशमार्फत् उक्त ऐन संशोधन गरेका हुन् ।

ऐन संशोधनसँगै पूर्वमुख्यमन्त्रीहरू उद्धव थापा र राजेन्द्र राईको सुविधा पनि सुरक्षित भएको छ । यस्तै सत्तारुढ दलका सचेतकहरूलाई पनि गाडी सुविधा दिइने गरी ऐन संशोधन गरिएको छ । अब एकजनामात्र सांसद रहेको जसपाकी निर्मला लिम्बूको पनि सुविधा थपिएको छ ।

संसदीय दलको नेताको हैसियतमा उनीहरूले थप नगद, अब गाडीसँगै १२५ लिटर तेल पाउनेछन् भने एकजना सवारी चालकसमेत उपलब्ध गराइनेछ । प्रमुख सचेतक र सचेतकलाई पनि नयाँ व्यवस्थाअनुसार एकमुष्ट थप ५० हजार दिइनेछ ।

गाडी सुविधा थपिएसँगै प्रदेशलाई अब १० वटा गाडी, ड्राइभर र प्रतिगाडि मासिक १२५ लिटर तेलको व्ययभार थपिने छ । अहिले प्रदेशसभा सभासँग उनीहरूलाई दिने गाडी छैन । त्यो खरिद गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here