अस्ट्रेलियन ओपनको उपाधि यानिक सिनरलाई

एजेन्सी । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि इटालियन खेलाडी यानिक सिनरले जितेका छन् ।

उनले आइतबार मेलबर्नमा खेलिएको पुरुष एकलतर्फको फाइनल खेलमा प्रभावशाली रुसी प्रतिद्वन्द्वी ड्यानिल मेदभेदेवलाई हराउँदै उपाधि चुमेका हुन् ।। उनको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

चौथो वरीयताका सिनर, दुई सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । विश्व नम्बर तीन मेदभेदेभले पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारे । दोस्रो सेट पनि ६-३ ले नै जितेपछि धेरैले उनी सहजै उपाधिमाथि कब्जा जमाउन सफल हुने अनुमान गरेका थिए ।

सन् २००८ यता नोभाक जोकोभिचपछि अस्ट्रेलियन ओपन पुरुष फाइनल जित्ने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन् । अस्ट्रेलियन ओपनले २०१४ पछि पुरुषतर्फ नयाँ च्याम्पियन पाएको हो ।

भेदभेदेभ भने तेस्रोपटक उपविजेतामा सीमित भए । २०२२ मा पनि उनले रफायल नाडालविरुद्ध दुई सेटको अग्रता बचाउन सकेका थिएनन् । २०२१ मा नोभाक जोकोभिचले फाइनलमा मेदभेदेभलाई हराएका थिए । ६ ग्रान्डस्लाम फाइनलमा मेदभेदेभले हार बेहोरेको यो पाँचौं हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here