श्री एयरलाइन्सको मानसरोवर दर्शन लक्षित पर्वतीय उडान सफल

काठमाडौं। श्री एयरलाइन्सको सीआरजे ७०० नाइनएन–एएमबी विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शन लक्षित पर्वतीय उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

नेपाली भूभागबाट यसरी उडान गरिएको नेपालकै इतिहांसमा पहिलोपल्ट रहेको कम्पनीले जनाएको छ। नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशीलगायत तथा धार्मिक पर्यटक आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्त्वपूर्ण उपलब्धि हुन सक्ने कम्पनीको विश्वास छ।

श्री एयरलाइन्सले टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्ज, पाथी होलिडेज् काठमाडौंको सहकार्यमा सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७,००० फिट उचाइबाट गरिएको कम्पनीका प्रबन्धक अनिल मानन्धरले बताए ।

क्याप्टेनद्वय प्रफुल्ल वैद्य तथा राजेश श्रेष्ठको नेतृत्वमा ४४ यात्रु र चालक दल ५ जनासमेत उडान गरिएको हो। ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने कम्पनीले बताएको छ। नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपतिनाथ समेत दर्शन गराउने योजना रहेको कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here