यसरी सामाजिक सञ्जालमा भाइरल बन्यो सूचना

काठमाडौं । पोखरा महानगरपालिका वडा नं १९ वडा कार्यालयको सूचना यतीवेला सामाजिक सञ्जालमा भइरल बनेका छ । वडा अध्यक्ष पष्पराज पाण्डेले स्थानीयलाई बाँदरबाट छुट्कारा दिलाउनका लागि रुख कटान गर्ने सूचना निकालपछी सकारात्मक तथा नकारात्मक टिप्पणी शुरु भएको हो ।

सूचनामा कास्की जिल्ला पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएकोले १० दिन भित्र ‘मेरो रुख म काट्छुू’ भन्ने अभियान संचालन गरि आ-आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरि प्रदेश सरकारको निति तथा कार्यक्रमलाई सहयोग पुर्याउन आग्रह गरिएको छ ।

साथै आ(आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिन्छ । त्यसा त सूचना अनुसार प्रदेश सरकारले आव०८०\०८१ को निति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि निति पास गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा कतिपयले जनप्रतिनिधिलाई गाली गरेका छन् भने स्थानीयको मर्म बुझ्ने भनेर सर्पोट गरेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here