साँढेले निल्यो डेढ लाखको मंगलसुत्र, ९ दिनसम्म गोबरमा खोजतलास

२८ भदौ, महाराष्ट्र । भारतको महाराष्ट्र सहित केही राज्यमा पोला नामक एक उत्सव मनाइन्छ । सो उत्सवका दौरान घरमा पालिएको साँढेलाई सिंगार पटार गरी गाउँको गल्ली गल्ली घुमाउने प्रचलन रहेको छ ।

उसको विशेष पूर्जा र अर्चना पनि गरिन्छ । यस्तै पूजाका दौरान एक साँढेले करीव डेढ करोड रुपैयाँ पर्ने मंगलसुत्र खाइदिएको छ ।

९ दिनसम्म साँढे मालिक र मंगलसुत्र लगाउने महिलाले साँढको हरेक दिनको गोबरमा उक्तमंगलसुत्र खोजिरहे । तर, साँढेले मंगलसुत्र नगोब्ब्राएपछि अन्ततः साँढेको पेटको अपरेशन गरी मंगलसुत्र बाहिर निकालिएको छ ।

महाराष्ट्र राज्यको अहमदनगरम घटेको घटना हो यो । पूजाको थालीमा किसानकी पत्नीले केही लड्डु, फलफूल र पैसासहित मंगलसुत्र पनि पूजा गर्न राखेकी थिइन् ।

पूजाका दौरान फलफूल र लड्डुसहित साँढेले मंगलसुत्र पनि खाइदियो । गाउँलेहरुको सल्लाहमा किसान दम्पत्तिले करीव ९ दिनसम्म गोबरमा मंगलसुत्र खोजे ।

त्यतिन्जेल पनि नपाएपछि उनीहरुले पशु डाक्टरकोमा साँढेलाई लेगे । डाक्टरले जाँच गर्दा साँढेको रेटुकलममा गएर मंगलसुत्र अड्किएको पाइयो ।

त्यसपछि डाक्टरले अपरेशन गरी साँढेको पेटबाट मंगलसुत्र निकाले । समाचार स्रोतका अनुसार अहिले साँढेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here