२५ सय कर्मचारीलाई जागिरबाट निकाल्दै पेपल

काठमाडौं । पेपलले एक वर्षपछि फेरी कर्मचारी कटौती गर्न लागेको छ। कम्पनीले छिटै नै थप २ हजार ५०० रोजगारी कटौती गर्ने घोषणा गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलेक्स क्रिसले कम्पनीलाई सही आकारमा ल्याउनका लागि यो कटौती गर्न लागेको बताए।

कम्पनीले जागिरबाट निकालिएका कर्मचारीहरूलाई यस हप्ताको अन्त्यसम्ममा सूचित गरिने जानकारी दिएको छ। डिजिटल भुक्तानी जायन्ट पेपलले पछिल्लो समय एप्पल, जेले र ब्लकजस्ता प्रतिद्वन्द्वीसँग बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ।

क्रिसलाई पेपललाई परिवर्तन गर्ने उद्देश्यसहित गत वर्ष सफ्टवेयर कम्पनी इन्टुइटबाट ल्याइएको थियो ।

विगत १२ महिनामा २० प्रतिशतभन्दा बढीले ओरालो लागेको कम्पनीको शेयर मूल्यलाई पुनरुत्थान गर्न उनी सक्षम हुने अपेक्षा लगानीकर्ताले गरेका छन्। नोभेम्बरमा, पेपलले आफ्नो नयाँ मालिकको अधीनमा आफ्नो पहिलो कमाईको रिपोर्ट गर्यो, जसले विश्लेषकहरूको अपेक्षालाई पुरा गरेको देखिन्छ।
जसले लगानीकर्ताहरूलाई यसको टर्नअराउन्ड चलिरहेको छ भन्ने आशा दियो। हालैका महिनाहरूमा अन्य टेक्नोलोजी दिग्गजहरूले दसौं हजार जव अटअफ गरेपछि पछिल्लो रोजगारी कटौती गरिएको हो।

टेक्नोलोजी उद्योगको रोजगारी कटौतीको अनुगमन गर्ने लेअफ्स डट एफवाईआई वेबसाइटका अनुसार गत वर्ष यस क्षेत्रमा लाख ६० हजार बढी रोजगारी गुमेको थियो। गत महिना मात्र मेटा, अमेजन, माइक्रोसफ्ट, गुगल, टिकटक र सेल्सफोर्सलगायत करिब १०० टेक फर्मले कुल २५ हजार रोजगारी कटौतीको घोषणा गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here