३ दिन लगातार बढेको सेयर बजार दोहोरो अंकले घट्यो, ५ अर्ब २९ करोड कारोबार

काठमाडौं । साताको तीन दिन लगातार बढेको सेयर आज भने घटेको छ । बुधबार सेयर बजार नेप्से सूचक २२ दशमलव ६७ अंकले घटेर २०९७ दशमलव ९३ बिन्दुमा झरेको छ ।

मंगलबार नेप्से १४ दशमलव ८८ अंकले बढेको थियो । बुधबार सेयर बजारमा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूह मध्ये एक उपसमूहको मात्र सेयर मूल्य बढेको छ । बाँकी १२ उपसमूहको सेयर मूल्य घटेको छ । आज उत्पादन तथा प्रशोधन कम्पनी उपसमूहको सेयर मूल्य दशमलव१४ प्रतिशतले बढेको छ ।

बुधबार ३ सय १३ कम्पनीबाट १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here