सवै अन्तर्राष्ट्रिय विमानस्थलाई पीपीपी मोडेलमा सञ्चालन गरिने

काठमाडौं । सरकारले काठमाडौं पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्त सहित पीपीपी मोडेलमा सञ्चालन गर्ने बारे अध्ययन समिति गठन गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तवलाई स्वीकृति प्रधान गरेको हो ।

विमानस्थल बारे अध्ययनका लागि पूर्वसचिव संकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धीसागर लामिछाने, लगानीबोर्डका सह सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको ५ सदस्य समिति गठन गरेको हो ।

त्यस्तै बायुसेवा निगम करार व्यवस्थापनका लागि पूर्व योजना आयोगको उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको सँयोजकत्वमा, व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरि ५ जनाको समिति तयार गरिएको छ ।

समितिलाई ४५ दिनको समय अवधि दिइएको छ । यस संगै तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडा नयाँ व्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शत्तीखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने संभावित रकम सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here