अल-नासरसँग इन्टर मायामीको लज्जास्पद हार

काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासारसँगको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ ।

साउदी अरेबियामा‌ बिहीबार भएको खेलमा मियामीविरुद्ध अल नासारले‌ ६-० जित निकालेको थियो ।

मेस्सी र रोनाल्डोबीचको‌ रोमान्चक भिडन्त हेर्ने दर्शकहरुको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले उक्त खेल गुमाएका थिए । उक्त खेलमा मेस्सी पनि‌ अन्तिम सात मिनेट मात्र खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here