प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता, टीआरसीबारे एमाले अडान कायमै

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्म ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भेटवार्ता भएको हो।

भेटमा आगामी सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशन, टीआरसी विधेयक र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटपछि ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिए । समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउँदै ओलीले भने, ‘खास यो विधेयकमा छलफल भइराख्या छ समितिमा, त्यसलाई राम्ररी मिलाएर छिटै टुंग्याऔं भन्ने विषयमा छलफल भयो ।’

विवादित विषयमा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्र प्रक्रियाबाट टुंग्याउने पक्षमा रहे पनि एमालेले सहमति जुटाउनु पर्ने अडान राख्दै आएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपरान्ह ४ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन्। हिउँदे अधिवेशनमा टीआरसी विधेयकसहित केही विधेयकहरू संसदमा पेश गर्ने सरकारको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here